असुरक्षित बन्दै तराईका चेली, प्रदेश २ को बेटी बचाउ अभियान नारा मात्रै! | Khabarhub Khabarhub

असुरक्षित बन्दै तराईका चेली, प्रदेश २ को बेटी बचाउ अभियान नारा मात्रै!


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश २ सरकारले ‘बेटी पढाउँ बेटी बचाउँ’लाई प्रदेशकै अभियानका रुपमा अघि बढाएको छ । तर, तराई मधेशका चेलीहरु विभिन्न बहानामा हिंसाको सिकारमात्र भएका छैनन् । जिउँदै जले ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्थामा छन् ।

कहिले दाइजोका नाममा त कहिले अन्य बहानामा परिवारकै सदस्यले लगाएको आगोमा परी ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

धनुषामा एक नवविवाहिता चेली निर्मला यादवलाई आफ्नै श्रीमानले ज्यूदै जलाएको घटनाको दुई हप्ता बित्न नपाउँदै सिरहा नगरपालिका ८ की कञ्चनदेवी मण्डल खत्वे पनि त्यही सिकार भएकी छन् । घरायसी विवादपछि उनका श्रीमान र सासु मिलेर कञ्चनको जिउमा आगो लगाइएको थियो । उनको ८० प्रतिशत शरीरको भाग जलेको छ ।

२१ वर्षकी उनको अवस्था अहिले गम्भीर छ। बिहीबार घरमा भएको सामान्य विवादपछि यो घटना घटेको हो ।

घटनापछि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनका श्रीमान बेचन मण्डल खत्वे भने फरार रहेको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको छ।

गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका १ पुरवारी टोल चिरैयाकाी २० वर्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टी तेल खन्याएर आगो लगाएका थिए ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ९ : १५ बजे

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प

काठमाडौं– नेपालमा जलविद्युत् मात्रै होइन हाइड्रोजन, सोलार, विण्ड जस्ता वैकल्पिक

अमेरिकालाई चीनको चेतावनी : सीमाभित्र बसे मात्रै सम्बन्ध अघि बढ्छ

चीनका विदेश मन्त्री वाङ यीले अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनसँग

सरकारी वित्त स्थिति : बढेन खर्च, राजस्व र ऋण परिचालन पोहोरभन्दा बढी

काठमाडौं – चालू आर्थिक वर्षको ९ महिनामा नेपालको सरकारी वित्त

आगामी बजेटमा पोषणलाई प्राथमिकतामा राखौँ : आरजु राणा

पाटन– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं संसद्को कृषि, सहकारी तथा

फेरि विश्वकै सबैभन्दा प्रदूषित सहर बन्यो काठमाडौं

संघीइ राजधानी सहर काठमाडौं फेरि एक पटक संसारकै खराब वायु