महाराष्ट्रका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, अब वीजेपी बाहेकको सरकार बन्ने | Khabarhub Khabarhub

महाराष्ट्रका मुख्यमन्त्रीले दिए पदबाट राजीनामा, अब वीजेपी बाहेकको सरकार बन्ने


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय राज्य महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनाविसले पदबाट राजीनामा दिएका छन् ।

३ दिन अगाडि मात्रै मुख्यमन्त्रीको शपथ लिएका फडनाविसले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

मंगलबार सर्वोच्च अदालतले फडनाविसका नाममा आदेश जारी गर्दै विधानसभामा बहुमत देखाउन भनेको थियो ।

सर्वोच्च अदालतले खुला रुपमा ‘फ्लोर काउन्ट’ गरी बहुमत देखाउन आदेश दिएपछि मुख्यमन्त्री फडनाविसले पदबाट राजीनामा दिएका हुन् ।

अक्टोबर २१ मा सम्पन्न चुनावी मतपरिणाम सार्वजनिक भएसँगै महाराष्ट्रमा सरकार गठनको विषयलाई लिएर विवाद र ‘संघर्ष’ जारी छ ।

विधानसभाका २ सय ८८ सिटका लागि भएको चुनावमा भाजपा र शिव सेनाले गठबन्धन गरेका थिए । महाराष्ट्र विधानसभामा विजेपीले १ सय ५ सिट जितेको थियो भने शिव सेनाले ५६ सिट जितेको थियो ।

यस्तै, राष्ट्रवादी कांग्रेस (एनसीपी)ले ५४ सिट जितेको थियो भने भारतीय कांग्रेस (कांग्रेस आई)ले ४४ सिट जितेको थियो ।

भाजपा र शिव सेनाले आधा–आधा कार्यकालका लागि सरकारको नेतृत्व गर्ने समझदारीमा चुनावी गठवन्धन गरेको जनाइ पनि चुनावी परिणाम पछि भने भाजपाले शिव सेनालाई मुख्यमन्त्री दिन चाहेन ।

जसकारण भाजपा र शिव सेनाको गठवन्धन टुट्यो । भाजपासँगको गठवन्धान टुटेपछि शिव सेना एनसीपी र कांग्रेससँग मिल्न पुग्यो । ३ दलको गठवन्धनबाट शिव सेनाका उद्धव ठाकरेको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएपछि भाजपा समर्थित गभर्नर भगतसिंह कोसियारीले महाराष्ट्रमा राष्ट्रपति शासनका लागि सिफारिस गरे ।

राष्ट्रपति शासन लागू भएकै अवस्थामा भाजपाले एनसीपीको संसदीय दलका नेता अजित पावरलाई ‘हातमा लिई’ सरकार गठन गर्ने कसरत गर्‍यो ।

भाजपाकै नेतृत्वमा सरकार गठन हुने अवस्था सिर्जना भएपछि गभर्नर कोशियारीले राष्ट्रपति शासन फिर्ता गरे । गभर्नर कोशियारीले आइतबार बिहानै हतार हतार विजेपीका फडनाविसलाई मुख्यमन्त्री र एनसीपीका पवारलाई उपमुख्यमन्त्रीको शपथ खुवाए ।

भाजपासँग मिलेर उपमुख्यमन्त्री पदको शपथ लिएका अजित पवारलाई एनसीपीका प्रमुख रहेका शरद पवारले पार्टीबाट निष्काशन गर्ने निर्णय गरे ।

त्यसपछि शिव सेना, एनसीपी र कांग्रेसले मुख्यमन्त्री फडनाविसलाई विधानसभामा बहुमत सावित गर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरे ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले मंगलबार मुख्यमन्त्रीलाई बहुमत सावित गर्न खुला रुपमा ‘फ्लोर काउन्ट’को आदेश जारी गरेपछि  फडनाविसले मुख्यमन्त्री पदबाट राजीनामा दिनु परेको हो ।

फडनाविसले राजीनामा दिएपछि अब शिव सेना, एनसीपी र कांग्रेसलाई सरकार गठनको बाटो खुलेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ०५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित