प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्रीसहित मन्त्रीहरु अस्पतालमा | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्रीसहित मन्त्रीहरु अस्पतालमा


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिक्सको शल्यक्रिया गरेर अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्रीहरु अस्पताल पुगेका छन् ।

गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल तथा मुख्य सचिव लोकदर्शन रेग्मी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका हुन् ।

स्वास्थ्य अवस्थाबारे जानकारी लिन गृहमन्त्रीसहित मन्त्रीहरु अस्पताल पुगेपनि प्रधानमन्त्री ओलीसँग भने भेट गर्न दिइएको छैन ।

मिर्गौलाको समेत समस्या भएका कारण संक्रमण बढ्ने जोखिम भएका कारण प्रधानमन्त्रीलाई अन्य व्यक्तिसँग भेट्न दिइएको छैन ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक प्राध्यापक डाक्टर उत्तम कुमार श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थीर रहेको जानकारी दिए ।

यद्यपि, ओलीलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीको एपेन्डिक्सको शल्यक्रिया सकिएपछि अहिले संक्रमण मुक्त (अति विशिष्ट क्याभिन)मा सारिएको छ । उक्त क्याभिनमा सधन उपचारको सम्पूर्ण व्यवस्थापन गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  २ : २७ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड