खगित्राले जन्माइन् चम्ल्याहा बच्चा, चिकित्सक भन्छन्- दुर्लभ घटना | Khabarhub Khabarhub

खगित्राले जन्माइन् चम्ल्याहा बच्चा, चिकित्सक भन्छन्- दुर्लभ घटना


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं मेडिकल कलेज सिनामंगलमा बुधबार एक महिलाले चम्ल्याहा शिशूको जन्म दिएकी छिन् ।

खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्माएकी हुन् । ती शिशुहरु तीन जना छोरा र एकजना छोरी छन्।

आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् ती शिशुहरू निकालिएका हुन् । शल्यक्रियामा संलग्न केएमसीका चिकित्सहरूले चम्ल्याहा बच्चा जन्मिनुलाई ‘दुर्लभ’ घटना भएको बताएका छन्।

तीन जना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

केएमसीकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा चन्दा कार्कीले ३५ वर्षे अनुभवमा दोस्रो पटक चम्ल्याहा जन्म भएको देखेको बताइन् । यो निकै दुर्लभ अवस्था हो । उनले ‘टेस्टट्युब बेबी’का रूपमा जन्माइने सन्तानका हकमा भने एकभन्दा बढि बच्चाहरू गर्भमा रहन सक्ने बताइन ।

बुधबार जन्मिएका चम्ल्याहा शिशुहरुलाई विशेष स्वास्थ्य निगरानीमा राखिएको छ । सामान्यतः नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्ने मानिन्छ।

चम्ल्याहा शिशुमध्ये सबैभन्दा कम एक जनाको तौल ९५० ग्राम छ भने बाँकी तीनको क्रमशः झण्डै १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ८ : ३१ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिन

आठ महिनामा सम्पत्ति शुद्धीकरणका ३८ सय ६९ उजुरी

काठमाडौं – चालू आर्थिक वर्षका आठ महिनामा सम्पत्ति शुद्धीकरण (कालोधन