कृषि बिकास बैंक ह्याकिङ– चेकबाट पैसा साटेर ह्याकरलाई पठाउँथे नेपाली नागरिक | Khabarhub Khabarhub

कृषि बिकास बैंक ह्याकिङ– चेकबाट पैसा साटेर ह्याकरलाई पठाउँथे नेपाली नागरिक



काठमाडौं– चिनियाँ ह्याकहरुहरुको समूहले नेपाली बैंकिङ्ग सिस्टम ह्याक गरी करिब ३ करोड रुपैयाँ लुटेको चर्चा सेलाउन नेपाउँदै पुनः अर्को बैंक ह्याकिङको प्रकरण सार्वजनिक भएको छ ।

कृषि विकास बैंकको आन्तरिक प्रणालीमा पहुँच स्थापित गरेर ह्याकहरुको समूहले करिब ३ करोड रुपैयाँ लुटेको छ । बाँकी २ करोड रुपैयाँ लुट्न खोज्दा केही ह्याकरहरु पक्राउ परेका प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार कृषि बिकास बैंकको प्रणाली ह्याक गरी रकम लुट्ने कार्यमा संलग्न ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटका लेवाङ तामाङ, लमजुङका विद्या सागर, काठमाडौंका सुजन कार्की, रसुवाका निमा तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङ, सञ्जय घले, सर्लाही पुष्पराज खड्का लगायत छन् ।

चिनियाँ ह्याकरहरुसँगै ह्याकिङ, तरिका फरक

कृषि बिकास बैंकमा भएको ह्याकिङको अनुसन्धानमा संलग्न महानगरीय अपराध महाशाखाका अधिकारीका अनुसार करिब १ महिना अगाडिदेखि पटक पटक गरी कृषि बिकास बैंकको प्रणालीमा साइबर हमला गरिएको छ । यस्तो हमला गरेर बैंकको मुख्य खाताको रकम अर्को खातामा पठाइने गरिन्थ्यो । र, अर्को खाताबाट चेकमार्फत पैसा झिकिन्थ्यो ।

प्रहरीको अनुसन्धानबाट ह्याकरहरुले पैसा झिक्नका लागि नेपाली नागरिकलाई प्रयोग गर्ने गरेको देखिएको छ । बैंकमा खाता पनि नेपाली नागरिकहरुकै नाममा खोलिएको हुन्थ्यो । नेपाली नागरिकले चेक साटेर पैसा निकालेपछि ह्याकरहरुलाई पठाउने गर्दथे ।

कृषि बिकास बैंकमा भएको ह्याकिङ प्रकरणको अनुसन्धानमा संलग्न अधिकारीका अनुसार चिनियाँ नागरिकले गरेको बैंक ह्याकिङसँग सँगै अर्को समूह पनि ह्याकिङमा संलग्न भएको थियो ।

‘कृषि बिकास बैंकमा ह्याकिङ गर्ने समूहपनि भदौ दोस्रो साताको शुरुदेखि ह्याकिङमा सक्रिय भएको देखिन्छ,’ चिनियाँहरुले गरेको बैंक ह्याकिङबारे अनुसन्धान गरिरहेका प्रहरी प्रधान कार्यालयका एक अधिकृतले भने, ‘त्यतिबेला सबै जनाको ध्यान चिनियाँ ह्याकरहरुमाथि गयो । जसबाट यिनीहरुले केही फाइदा पनि उठाए । तर, पछि यिनीहरुको ह्याकिङबारे पनि सूचना प्राप्त भएपछि अनुसन्धान शुरु गरियो ।’

खबरहबको सम्पर्कमा आएका प्रहरी अधिकारीका अनुसार यो समूहले नेपालीसमेतको पूर्व तयारीमा ह्याकिङ गरेको थियो भने, चिनियाँहरु बाहिरबाट आएर ह्याकिङमा संलग्न भएका थिए । यद्यपि, चिनियाँ ह्याकरहरुले लुटेको पैसा साट्ने कार्यमा सहयोग गर्ने नेपाली पनि थिए । जसमध्ये ३ जना पक्राउ परिसकेका छन् ।

प्रहरी अधिकारीका अनुसार बैंक ह्याकिङ प्रकरणमा संलग्न चिनियाँहरु टेक्निकल नलेज (प्राविधिक ज्ञान)मा निपूर्ण थिए । तर, कृषि बिकास बैंकको ह्याकिङमा संलग्न नेपालीहरु भने प्राविधिक विषयमा त्यति धेरै जानकार छैनन् ।

चिनियाँ ह्याकरहरुको विषयमा अनुसन्धान गरेका प्रहरी प्रधान कार्यालयका अधिकारी भन्छन्, ‘महाशाखा (अपराध महाशाखा)ले कृषि विकास बैंकमा भएको ह्याकिङबारे केही समय अगाडिदेखि नै अनुसन्धान गरिरहेको थियो । पटक पटक गरेर केही व्यक्ति पक्राउ पनि परेका थिए । यो ह्याकिङमा पनि चिनियाँहरु संलग्न छन् कि भनेर हामीले हेरेका थियौं । तर, यो नितान्त फरक छ ।’

प्रहरी प्रधान कार्यालयका ती अधिकारीका अनुसार अपराध मशाखाले पक्राउ गरेकाहरु केही बैंक कर्मचारीसँग राम्रो सम्बन्ध भएका व्यक्ति पनि छन् । उनीहरुले ‘आफ्नो काम निकाल्न’ कृषि बिकास बैंकका कर्मचारीलाई समेत प्रयोग गरेका देखिएको छ ।

‘यो ह्याकिङ प्रकरणमा केही बैंकका कर्मचारीकै युजरनेम प्रयोग भएको छ । बैंकका कर्मचारीहरुले आफ्नै कम्प्युटरबाट समेत ह्याकरहरुलाई मद्दत पुग्ने गरी केही गतिविधि गरेको देखिन्छ,’ अपराध मशाखाका प्रहरी अधिकारी भन्छन्, ‘तर, ती कर्मचारीले नियतबस त्यस्तो गरेका हुन् कि, अन्जानमा त्यस्तो गरेका हुन् भन्ने विषय अनुसन्धानकै क्रममा छ ।’

मास्टरमाइन्ड भने अर्कै

एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका चिनियाँहरुले बयानका क्रममा आफूहरुलाई परिचालन गर्ने व्यक्ति अर्कै रहेको संकेत गरेका छन् । तर, स्पष्ट प्रमाण पुग्ने गरी कुनै जानकारी दिएका छैनन् ।

यद्यपि, उनीहरुको बयानका आधारमा नेपाली बैंकिङ प्रणाली ह्याकिङ गर्ने मुख्य व्यक्ति ‘मास्टरमाइन्ड’ भने अर्कै रहेको प्रहरीको निष्कर्श छ ।

‘चिनियाँ ह्याकरहरुले बयानका क्रममा आफूहरु अरुकै योजनाका आधारमा परिचालन भएको बताएका छन् । उनीहरुले नेपालमा गरेका गतिविधिले पनि त्यो संकेत गर्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारी भन्छन्, ‘मुख्य योजनाकारहरुले प्राविधिक ज्ञानमा दक्ष भएका व्यक्तिलाई छानेर आफ्नो योजना कार्यान्वयन गरेको देखिन्छ ।’

कृषि बिकास बैंकको ह्याकिङ प्रकरणको मुख्य योजनाकार पनि अर्को व्यक्ति नै भएको अपराध महाशाखाका अधिकारी भन्छन् । ‘पक्राउ परेकाहरुले भीपीएनमार्फत नेदरल्याण्डको आईपी एड्रेस प्रायोग गरेको बताएका छन् । तर, भीपीएन प्रयोग गरेरै ह्याकिङ भएको भन्ने विषय पृष्टि हुन सकेको छैन,’ अपराध महाशाखाका प्रहरी अधिकारी भन्छन्, ‘उनीहरुले अहिलेसम्म गरेका काम र गतिविधि हेर्दा उनीहरु कसैबाट परिचालित भएका देखिन्छन् । र, आफूलाई परिचालन गर्ने व्यक्तिलाई उनीहरुले पैसा समेत पठाएको तथ्य पनि फेला परेको छ ।’

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ०५ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको