श्रीमतीलाई खुकुरी हानेको आरोपमा श्रीमान पक्राउ | Khabarhub Khabarhub

श्रीमतीलाई खुकुरी हानेको आरोपमा श्रीमान पक्राउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले संखुवासभा खाँदबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

मदिरा सेवन गरेको अवस्थामा घरयासी विवाद हुँदा आफ्नै श्रीमतीलाई खुकुरी र चक्कु प्रहार गरको आरोपमा जिल्ला प्रहरी कार्यालय खाँदबारीको टोलीले स्थनीय ध्रुब विकलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आइतबार बेलुका करिब साढे ७ बजे तिर विकले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती अन्जना बिकलाई खुकुरी र चक्कु प्रहार गरेका थिए ।

धारिलो हतियार प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बिकलाई उपचारको लागि जिल्ला अस्पताल खाँदवबारी पठाइएको छ । घटनास्थलबाट प्रहरीले खुकुरी र चक्कुसमेत बरामद गरेको बताएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ११ : ५९ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा