रविले ज्यानसम्बन्धी कसुर समेत गरेको दाबी, ५ वर्ष कैद सजाय माग | Khabarhub Khabarhub

रविले ज्यानसम्बन्धी कसुर समेत गरेको दाबी, ५ वर्ष कैद सजाय माग


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय चितवनले ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहनसहित ज्यान सम्बन्धी कसुर गरेको भन्दै मुद्दा दर्ता गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रवि लामिछाने, न्यूज २४ टिभिमा कार्यरत युवराज कँडेले र नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको हो ।

सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा पत्रकार रविसहित ३ जनाविरुद्ध शालिकराम पुडासैनीको नियतपूर्वक ज्यान मार्ने कसुर गरेको अभियोग लगाइएको छ । साथै, उनीहरुविरुद्ध आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग पनि लगाइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेले एकआपसको मिलेमतो तथा संलग्नतामा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गतको दफा १७७ तथा १८५ को उपदफा (१) अनुसारको अपराध कसुर गरेको देखिँदा निज प्रतिवादीहरु अस्मिता भनिने रुकु कार्की, युवराज कँडेल र रवि लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उपदफा (२) अनुसारको सजाय हुन मागदाबी गरिएको छ ।’

प्रहरीको १० दिन लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयले आइतबार दिउँसो टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४ टिभिमा कार्यरत युवराज कँडेले र नर्स रुकु भनिने अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरअन्तर्गत मुद्दा दायर गरेको हो ।

तीनैजनाले ज्यानसम्बन्धी कसुर गरेको दाबी गरेपनि सरकारी वकिलको कार्यालयले सजाय भने आत्महत्या दुरुत्साहनअन्तर्गतको कसुरमा मात्रै मागदाबी गरेको छ ।

सरकारी वकिलको कार्यालय चितवनले तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता (ऐन)को दफा (१८५)को उपदफा (२) अन्तर्गत ‘हदै सम्मको’ सजाय मागदाबी गरेको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा (१८५)को उपदफा (२) मा आत्महत्या गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  ४ : ५२ बजे

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको

ओलीसँग नेपाल आक्रोशित, सत्ताको घमण्ड बढ्दै गए सिद्धिने चेतावनी

काठमाडौं – सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्ययक्ष माधवकुमार

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी– वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन

लक्ष्मी बर्देवा : ‘ब्याकग्राउन्ड डान्सर’देखि अभिनय र निर्देशनसम्मको यात्रा !

काठमाडौं– लक्ष्मी बर्देवा केवल नायिका मात्रै होइनन् । धेरैले नजरअन्दाज

काठमाडौं र अपराध अनुसन्धानका प्रमुख आठ महिनामै फेरिए

गृहमन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयका