इरानसँग वार्ता गर्ने अमेरिकी प्रस्ताव झुटो : इरानी राष्ट्रपति | Khabarhub Khabarhub

इरानसँग वार्ता गर्ने अमेरिकी प्रस्ताव झुटो : इरानी राष्ट्रपति


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– अमेरिकाले इरानलाई वार्ताको प्रस्ताव गरेको दाबी पछिल्लो अमेरिकी नाकाबन्दीले असत्य साबित गरिदिएको इरानी राष्ट्रपति हसन रौहानीले जनाएका छन् ।

टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको सम्बोनमा राष्ट्रपति रौहानीले सर्वोच्च नेता आयातोल्लाह अली खमेनीमाथि अमेरिकाले हालै लगाएको नाकाबन्दीबाट वार्ताको ढोका खुल्ला रहेको अमेरिकी दाबी असत्य साबित भएको जनाएका हुन् ।

यसअघि अमेरिकी सुरक्षा सल्लाहाकार जोन बोल्टनले अमेरिका इरानसँग वार्ताका लागि ढोका खुल्ला राखेको जनाएका थिए । बोल्टनले अमेरिकी आग्रहलाई इरानले नसुनेको दावी पनि गरेका थिए । बोल्टनको उक्त भनाइप्रति लक्षित गर्दै रौहानीको यो प्रतिक्रिया आएको हो ।

अमेरिकाले सोमबारदेखि लगू हुनेगरी इरानमाथि थप प्रतिबन्ध लगाएको छ । इरानमाथि हतियार निर्माण र भण्डारण गर्न नदिन प्रतिबन्ध लगाइनुपर्ने र दवाव सिर्जना गर्नुपर्ने अमेरिकी भनाइ छ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : ०७ बजे

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको

आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं– आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७