सित्तैमा खाना खाने लोभमा पनि महिला डेटिङ जान्छन् ? अध्ययनले यस्तो देखायो | Khabarhub Khabarhub

सित्तैमा खाना खाने लोभमा पनि महिला डेटिङ जान्छन् ? अध्ययनले यस्तो देखायो


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आम रुपमा महिलाहरु पुरुषसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छन् । कुनै पनि पुरुषसँग नजिक हुँदै गरेकी महिलाको चाहना रोमान्स वा लामो सम्बन्ध स्थापित गर्ने नै हुन्छ । तर, अध्ययनले के देखाएको छ भने सबै महिला रोमान्स वा जीवन साथीको रुपमा मात्रै पुरुषलाई स्वीकार गर्छन् भन्ने हुँदैन ।
हरेक चार जना महिलामध्ये एक जना महिला भने रोमान्स वा लामो सम्बन्धभन्दा पनि सित्तैमा विभिन्न परिकार खान पाइन्छ भन्ने लोभमा पुरुषसँग नजिक हुने र डेटमा जाने गरेको पाइएको छ ।

अजुसा प्यासिफिक युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्निया–मेरेडको एक अध्ययनले सित्तैमा खाना खानकै लागि केही महिला डेटमा जाने गरेको तथ्य पत्ता लागेको हो । वैज्ञानिककाअनुसार यो अवस्थालाई ‘फुडी कल’ भनिन्छ । जहाँ महिला डेटिङको समयमा खानाको स्वाद लिन चाहन्छन् ।

३३ प्रतिशत महिलाबाट स्वीकार

अनलाइन अध्ययनका क्रममा ३३ प्रतिशत महिलाहरुले खाना खानकै लागि डेटमा जाने गरेको स्वीकार गरेका छन् । यसमा ६७ प्रतिशत महिलाले भने यसलाई अस्वीकार गरेका थिए । औसतमा ३४ वर्ष उमेर पुगेका ३५७ जना महिलामा यो सर्वेक्षण गरिएको थियो ।

कतिपटक यस्तो डेटमा जान्छन् ?

महिलाहरुलाई खाना खाने मात्रै उद्देश्यले डेट जानु भएको छ ? भनेर सोधिएको थियो । यस क्रममा गएकी छु भन्नेहरुलाई कतिपटक जानु भएको छ भनेर पनि सोधिएको थियो । यसको जवाफमा रेटिङमार्फत उनीहरुको उत्तर खोजिएको थियो ।

१ देखि ६ सम्मको रेटिङ थिइएको थियो । १ रेटिङ दिनेको अर्थ हुन्थ्यो, उ कहिले पनि यस्तो डेटमा गएकी छैन । तर १ बाहेक ६ नम्बरसम्मको रेटिङ दिनेहरु भने कहिलेकाही जाने गरेको भन्ने बुझाउँथ्यो । यस्तै सोसल साइकोलोजिकल एण्ड पर्सनालिटी साइन्स जर्नलमा प्रकाशित शोधअनुसार ‘फुडी कल’ को अवस्था थुप्रै किसिमको सम्बन्धमा देखिएको थियो ।

महिलाहरुको अर्को एक समूहमा पनि यस्तो अध्ययन गरिएको थियो । यसमा ८२० जना महिलालाई सहभागी गराईएको थियो । उनीहरुलाई भने व्यक्तित्व तथा सम्बन्धका विषयमा प्रश्न सोधिएको थियो । यो समूहमा सहभागी २३ प्रतिशत महिलाले पनि खाना खाने उद्देश्यले नै डेटमा जाने गरेको स्वीकार गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  १ : ४२ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा