दर्शनशास्त्रमा लेनिनको योगदान के छ ? | Khabarhub Khabarhub

दर्शनशास्त्रमा लेनिनको योगदान के छ ?



विषय प्रवेश
‘मार्क्सवाद कुनै निर्जीव जडसूत्र होईन, यो कुनै बनिबनाउ, पूर्ण, अपरिवर्तनीय सिद्धान्त होईन, अपितु यो कामको सजीव मार्गदर्शक सिद्धान्त हो ।’ (लेनिन, रचना संग्रह ४५ पृ.४२ (अंग्रेजी) भन्नु हुने भ्लादिभिर इल्विच लेनिन लेनिनवादका प्रवर्तक र लेनिनवादी संगठनात्मक सिद्धान्त अर्थात् जनवादी केन्द्रीयताको सिद्धाकारसमेत हुनुहुन्छ । पुँजीवादको चरम अवस्था मरणासन्न पुँजीवाद र सर्वहारावर्गका क्रान्ति सम्पन्न गर्नु भन्दा पूर्व बेला हो र ‘आज युग साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण वर्गसंघर्षको युग हो’ भन्नु हुने लेनिन सशस्त्र जनविद्रोह मार्फत सत्ता कब्जा गरेर विश्वमा पहिलो पटक सर्वहारावर्गको अधिनायकत्व सहितको वैज्ञानिक समाजवादको स्थापनाकर्ता र प्रयोगकर्ता हुनुहुन्छ ।

मार्क्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजका बारेमा वैज्ञानिक ढंगले व्याख्या, विश्लेषण र संशलेषण गर्नु हुने लेनिनले मार्क्सवादका ती तीनवटै संघटक अंग दर्शन, राजनीति र समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै मार्क्सवादको दार्शनिक तथा वैचारिक-सैद्धान्तिक ज्ञानभण्डारलाई समृद्धशाली बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ । यहाँ दर्शनशास्त्रका क्षेत्रमा लेनिनले पुर्‍याएको योगदानका बारेमा उल्लेख गर्ने प्रयास गरिएको छ ।

बेलायतको औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सीसी राज्यक्रान्ति पश्चात सन् १९०० को पहिलो दशकसँगै पुँजीवादले परिपक्वता हासिल गरी सकेको थियो । पुँजीवादको गर्भबाट पुजीपति वर्गको चिहान खन्ने औद्योगिक मजदुर वर्गको जन्म भइसकेको थियो ।

द्वन्द्ववादको सारका रुपमा विपरितहरुको एकता र संघर्षको नियम (एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने संघर्ष निरपेक्ष, निसर्त र स्थायी हुन्छ

बेलायत, फ्रान्स, जर्मन, अमेरिकालगायतका पुँजीवादी देशहरुमा ठूला ठूला मजदुर आन्दोलनहरु जस्तै बेलयातको चार्सिस्ट आन्दोलन, डुडाइट आन्दोलन आदि भएका थिए तर ती सबै मजदुर आन्दोलनहरु वैज्ञानिक तथा क्रान्तिकारी मार्गदर्शक सिद्धान्तको अभावमा असफलता टुंगिएका थिए ।

दर्शनशास्त्रमा लेनिनको योगदानको बारेमा अध्ययन गर्ने क्रममा सर्वप्रथम हामीले मार्क्सवादी दर्शनको ऐतिहासिक विकासका बारेमा सामान्य चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

मध्यमवर्गले पहिलो पटक पुँजीवादी क्रान्तिको नेतृत्व गरेको थियो । पुँजीवादी व्यवस्थाकाविरुद्ध सर्वहारावर्गको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्दै मार्क्स-एङ्गेल्सले सर्वहारावर्गमा दर्शनका लागि भौतिक हतियार फेला पार्नुभयो भने सर्वहारा वर्गले मार्क्स-एङ्गेल्सको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा बौद्धिक हतियार फेला पार्‍यो ।

हेगेलको द्वन्द्ववादबाट आदर्शवादी दर्शन र फायरबाखको भौतिकवादबाट अधिभूतवादी विधिशास्त्र हटाएपछि मार्क्स-एङ्गेल्सको द्वन्द्वात्मक भौतिकवाद नामक प्रसिद्ध वैज्ञानिक दर्शनको जन्म भयो । अब मार्क्सवादी दार्शनिक विधिशास्त्र भौतिकवादी द्वन्द्ववाद बन्यो भने मार्क्सवादी दर्शनशास्त्र द्वन्द्वात्मक भौतिकवाद बन्यो । यसमा मार्क्सको मौलिक आविष्कारचाहिँ ऐतिहासिक भौतिकवाद हो । यसरी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको जन्म भयो र दर्शनमा महान् क्रान्ति भयो । कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले प्रथमतः शास्त्रीय दर्शनशास्त्रकाविरुद्धको सङ्घर्षमा लड्दै एउटा नयाँ विश्वदृष्टिकोण सर्वहारावर्गलाई दिनुभयो ।

हेगेलको कानुन दर्शनमा आलोचनाको योगदान (१८४४), १८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरु, पवित्र परिवार अथवा आलोचनात्मक आलोचनावादको आलोचना (ब्रुनो बावेर र मण्डलीविरुद्ध १८४४), फायरबाखमाथि निबन्ध (१८४५), जर्मन विचारधारा (१८४५), (फायरबाख : भौतिकवाद र आदर्शवादी दृष्टिकोणको विरोध (१८४५-४६) र दर्शनको दरिद्रता (१८४७) जस्ता प्रसिद्ध दार्शनिक रचनाहरुबाट मार्क्स र एङ्गेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको स्थापना गर्नुभयो ।

सन् १८४८ मा मार्क्स-एंगेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र प्रकाशित भयो जसले विश्वका मजदुर तथा श्रमजीवीहरुलाई वैज्ञानिक मार्गदर्शन गर्‍यो । आफ्नो सुप्रसिद्ध राजनीतिक अर्थशास्त्र ‘पुँजी’ मा मार्क्सले यो दर्शनको प्रयोग गर्नुभयो । १८७३ मा मार्क्सले पुँजीको दोस्रो संस्करण लेख्दै घोषणा गर्नुभयो- ‘द्वन्द्ववादले कुनै पनि चीजलाई आफूमाथि हावी हुन दिँदैन किनभने आफ्नो सारतत्वमा यो आलोचनात्मक र क्रान्तिकारी छ ।’

एङ्गेल्सबिनाको मार्क्सवाद पूर्ण हुन सक्तैनथ्यो । दर्शनशास्त्रको विकास र व्याख्या गर्ने क्रममा उहाँको प्रकृतिको द्वन्द्ववाद (१८७३-८३), वानरदेखि नर बन्ने प्रक्रियामा श्रमको भूमिका (१८७६), ड्युहरिङ मतखण्डन (१८७६-७८), समाजवाद : काल्पनिक वा वैज्ञानिक (१८८०), परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति (१८८४) र लुडविक फायरबाख : शास्त्रीय जर्मन दर्शनको मौलिकता र वैज्ञानिकता के हो भन्ने कुरा स्पष्ट पारिएका छन् । उहाँहरुले बारम्बार आफ्नो दर्शन कुनै जडसूत्र होइन, बरु यसको मूल तत्वमा पदार्थको गति र विकासअनुसार निरन्तर विकास गर्दै जानुपर्दछ भन्ने कुरामा जोड दिनुभएको छ ।

प्रकृति विज्ञानले यति तेज रफ्तारमा प्रगति गरिरहेको छ र तमाम क्षेत्रमा यस्तो जर्वजस्त क्रान्तिकारी उथलपुथलको अवधिबाट गुज्रिरहेको छ कि दार्शनिक निगमन विना त्यसको कार्य कुनैपनि हालतमा अघि बढ्न सक्तैन

कार्ल मार्क्स र एङ्गेल्स सर्वहारा तथा श्रमजीवी वर्गलाई साथमा लिएर अधिभूतवादी आदर्शवाद (विचारवाद) काविरुद्ध जीवनभर लड्नुभयो । चेतना र पदार्थमा कुन प्राथमिक हो ? भन्ने प्रश्नको जबाफमा उहाँहरुले पदार्थ नै प्राथमिक हो भन्ने कुरा पुष्टि गर्नुभयो । यही कारणले गर्दा मार्क्सवादी दर्शनको नाम भौतिकवाद छ । विचार वा चेतना प्राथमिक हो भन्नेहरु आदर्शवादी शिविरमा कित्ताबन्दी बन्न पुगे ।

अन्ततः पदार्थको विश्लेषण र संश्लेषण गर्दा आदर्शवादीहरु आदर्शवादी अधिभूतवादको विधिशास्त्र अपनाउँछन् भने भौतिकवादहरु भौतिकवादी द्वन्द्ववाद र इतिहासको विधि अपनाउँछन् । मार्क्स-एङ्गेल्सले विकास गर्नुभएको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र अधिभूतवादी आदर्शवादबीचको भिन्नता यही हो ।

२० औं शताब्दिको शुरुवातसँगै पुँजीवाद साम्राज्यवादको चरणमा प्रवेश गर्‍यो । लेनिन (१८७०-१९२४) ले साम्राज्यवादलाई मरणासन्न पुँजीवाद र सर्वहारावर्गले सम्पन्न गर्ने समाजवादी क्रान्तिको पूर्वबलेला हो भन्नु भयो । उहाँले दार्शनिक संशोधनवाद र साम्राज्यवादका विरुद्ध लड्दै मार्क्सवादको दोस्रो चरणमा विकास गर्नुभयो । के गर्ने ? (१९०२), एक पाइला अघि, दुई पाइला पछि (१९०४), मार्क्सवाद र संशोधनवाद (१९०२), एक पाइला अघि, दुई पाइला पछि (१९०४), मार्क्सवाद र संशोधनवाद (१९०८), भौतिकवाद र आनुभविक आलोचनावाद (१९०८), कार्ल मार्क्सीय शिक्षाको ऐतिहासिक लक्ष्य (१९१३), मार्क्सवादका तीन स्रोत र ती सङ्घटक अङ्ग (१९१३), कार्ल मार्क्स (मार्क्सवादको व्याख्यासहित एक सङ्क्षिप्त जीवनी, १९१४), दार्शनिक नोटबुक (१९१४-१६), सर्वहारा क्रान्ति र गद्दार काउत्सी (१९१८), ‘वामपन्थी’ साम्यवाद : एक बालरोग (१९२०) र फेरि एकपटक ट्रेड युनियन, वर्तमान परि स्थिति तथा ट्राट्स्की र बुखारिनका गल्तीबारे (१९२१) इत्यादि रचनाहरुमा उहाँले मूल रुपमा जुझारु भौतिकवादको विकास गर्नुभयो ।

साम्राज्यवाद र त्यससँग अभिन्न रुपले जोडिएको संशोधनवादसँग लड्दै लेनिनले जुझारु भौतिकवादको विकास गर्नुभयो । भौतिकवादी द्वन्द्ववादको विधिमा विपरीतहरुको एकता र सङ्घर्ष नै यसको गुदी भएको भन्दै यसको व्याख्या र विकासका लागि आफ्नो प्रसिद्ध दार्शनिक नोटबुकमा १६ वटा तत्वहरुको टिप्पणी गर्नुभयो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई सङ्गठनात्मक रुपमा लागू गर्न जनवादी केन्द्रीयताको पद्धति विकास गर्नुभयो ।

सर्वहारावर्गको अधिनायकत्वसम्बन्धी व्याख्या र विकास गर्ने क्रममा लेनिनले राज्य सत्ता र क्रान्तिमा विकास मात्र गर्नुभएन, बरु अक्टोबर क्रान्तिमा लागू गरेर देखाउनुभयो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनशास्त्रको विश्वदृष्टिकोणलाई वैज्ञानिक समाजवादी क्रान्तिमा उहाँले नै लागू गर्नुभएको थियो । लेनिनवाद तथा लेनिनवादमा विकसित दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको आधिकारिक व्याख्या र सोभियत सङ्घको वैज्ञानिक समाजवादमा लागू गर्ने काम स्टालिनले गर्नुभएको थियो ।

लेनिनले प्रसिद्ध दार्शनिक नोटबुकमा द्वन्द्ववादका १६ तत्व उल्लेख गर्दै ‘सङ्क्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरुको एकताको सिद्धान्तका रुपमा परिभाषित गर्न सकिन्छ । यसैमा द्वन्द्ववादको सार समावेश छ तर यसले व्याख्या र विकासको माग गर्दछ ।’ उहाँले जसरी आनुभविक आलोचनावादमा भौतिकवादको व्याख्या र विकास गर्नुभयो त्यसरी नै द्वन्द्ववादको व्याख्या र विकासका लागि दार्शनिक नोटकबुकमा बृहत् योजना प्रस्तुत गर्नुभएको थियो । (लेनिनद्वारा संश्लेषित दार्शनिक नोटहरु)

मार्क्सको दर्शनशास्त्र पूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासगरी श्रमिक वर्गलाई शक्तिशाली ज्ञानको हतियार प्रदान गरेको छ

लेनिनले द्वन्द्ववादलाई १६ सूत्रमा यसरी विश्लेषण पनि गर्नुभएको छ-
‘१) अनुचिन्तनको वस्तुपरकता (उदाहरण हैन, अपसारिता होईन, अपितु स्वयं वस्तु)
‘२) एक बस्तुको अन्य बस्तुसँग बहुबीध सम्बन्धको पूर्ण समग्रता’-
‘३) प्रत्येक वस्तु (अथवा परिघटना) को विकास, यसको आफ्नो गति, यसको आफ्नो जीवन ।’
‘४) प्रत्येक बस्तुमा आन्तरिक अन्तरविरोध प्रवृत्ति (तथा पहलु)’-
‘५) बस्तु (परिघटना आदि) विपरितहरुको एकता तथा योग’ – वस्तु (या आकार आदि) लाई विपरितहरुको योग या एकताको हिसाबले पनि बुझ्नुपर्छ ।’
‘६) विश्लेषण तथा संश्लेषणको एकता- अलग-अलग भागहरुमा विभाजन र यी भागहरुको समग्रता, योग’
‘७) संघर्ष अथवा विपरितहरु, अन्तरविरोधी आकांक्षाहरु आदिको अनावरण’
‘८) प्रत्येक बस्तु (परिघटना आदि) को सम्बन्ध केवल बहुविध छैन, अपितु सामान्य तार्किक र प्रत्येक वस्तु (परिघटना, प्रक्रिया आदि) प्रत्येक अन्यसंग जोडिएका छन् ।’
‘९) विपरितहरुको केवल एकता मात्र होइन, बरु प्रत्येक निर्धारण, गुण, लक्षण, पहलु, गुणधर्मको प्रत्येक अन्यमा संक्रमण (आफ्नो विपरितमा)’
१०) नयाँ पहलुहरु, सम्बन्धहरु आदि अनावरणको अनन्त प्रक्रिया ।
११) बस्तु, परिघटनाहरु, प्रतिक्रियाहरु आदिको बारेमा आभासबाट सारसम्म, कम गहण सारबाट अधिक गहण सारसम्म मानिसको ज्ञान गहिरो हुदै जाने अनन्त प्रक्रिया ।
१२) सहअस्तित्वबाट कारणता तक अरु सम्बन्ध तथा पारस्परिक निर्भरताको एक रुपताबाट दोश्रो गहण तर, अधिक सामान्यरुप सम्म ।
१३) तल्लो चरणका कतिपय लक्षण, गुण धर्म आदिको उच्च मञ्जीलमा पुनरावृत्ति ।
१४) पुरानो तिर प्रतियमान वापसि (निषेध को निषेध)
१५) अन्तर बस्तुको रुपसंग संघर्ष तथा यसको विपरित रुपलाई फ्याक्नु, अन्तर बस्तुको रुपान्तरण ।
१६) परिणामको गुणमा संक्रमण यसको विपरित’ (उही-दार्शनिक नोट बुकबाट यहाँ उद्धृत) ।

‘मार्क्सको दर्शनशास्त्र पूर्ण दार्शनिक भौतिकवाद हो, जसले मानव जातिलाई र खासगरी श्रमिक वर्गलाई शक्तिशाली ज्ञानको हतियार प्रदान गरेको छ ।’ (लेनिन: मार्क्सवादका तीन श्रोत र तीन संघटक अङ्ग, १९१३)

१) वर्नस्टिन, काउत्स्की, प्लेखानोभ, मार्तोभ, मार्तिनेभ, माख, कामेनेभ आदि संशोधनवादी विकृतिकरणको खण्डन गर्दै जुझारु भौतिकवादको विकास गरेर तिनीहरुका विरुद्ध लेनिन भन्नुहुन्छ- ‘सुसंगत भौतिकवादीहरुसंग, जो कम्युनिष्ट पार्टीमा छैनन्, संघबद्धताको अलावा ती वर्तमानकालीन प्रकृति- वैज्ञानिकहरुसंग, जसको भौतिकवाद प्रति झुकाव छ र जो तथाकथित ‘शिक्षित समाज’ मा प्रचलित आदर्शवाद सन्देहवाद तिर हुने फेसनदार दार्शनिक विचलन विरुद्ध भौतिकवादको रक्षा र प्रचार गर्न भयभित हुदैनन्, संघवद्धता त्यस कार्यका लागि, जसबाट जुझारु भौतिकवाद सम्पन्न गर्नु पर्छ, धेरै नभएपनि कम महत्वपूर्ण छैन ।’ (जुझारु भौतिकवादको महत्व, लेनिन संकलित रचना, हिन्दी अनुवाद, ४ खण्डमा खण्ड ४, पृ. २२७ – १२ मार्च, १९२२ प्रगति प्रकाशन १९८८)

0 ‘यो स्मरण गर्नु आवश्यक छ कि ठीक जबर्दस्त उथलपुथलबाट, जसबाट वर्तमान कालिन प्रकृति विज्ञान गुज्रिरहेको छ, धेरै पटक प्रतिक्रियावादी दार्शनिकपंथ, लघुपंथ, धारा र लघु धाराहरु जन्म लिन्छन् । यसकारण प्राकृतिक विज्ञानको क्षेत्रमा वर्तमान क्रान्तिद्वारा उठाइएका प्रश्नहरुमाथि नजर राख्नु तथा दार्शनिक पत्रिकाको यस कार्यतिर प्राकृतिक वैज्ञानिकहरुलाई आर्कषित गर्नु- यो यस्तो कार्यभार हो जसको समाधान नगरीकन जुझारु भौतिकवाद कुनै पनि मानेमा न त जुझारु हुन सक्छ, न त भौतिकवाद’ (उही) ।

0 ‘हामीले यो बुझ्नु पर्छ कि ठोस दार्शनिक आधार विना कुनैपनि प्रकृति विज्ञान, कुनैपनि भौतिकवाद बुर्जुवा विचारको प्रहार र बुर्जुवा विश्व दृष्टिकोणको बहाली विरुद्धको संघर्षमा टिक्न सक्तैन । यस संघर्षमा टिक्न सक्ने र त्यसलाई पूर्ण सफलताको सारसम्म पुर्‍याउन सक्ने हुनका लागि प्राकृतिक वैज्ञानिक आधुनिक भौतिकवादी, त्यस भौतिकवादको सचेत पक्षधर हुनु पर्छ, जसको प्रतिनिधि मार्क्स थिए, अथवा उ द्वन्द्वात्मक भौतिकवादी हुनु पर्छ’ (पृ.२२८) ।

0 ‘प्रकृति विज्ञानले यति तेज रफ्तारमा प्रगति गरिरहेको छ र तमाम क्षेत्रमा यस्तो जर्वजस्त क्रान्तिकारी उथलपुथलको अवधिबाट गुज्रिरहेको छ कि दार्शनिक निगमन विना त्यसको कार्य कुनैपनि हालतमा अघि बढ्न सक्तैन ।’

‘तिनीहरु (रुसी माखवादी प्रोफेसरहरु-अनु) ओष्टवाल्ड पढ्दछन्, ओष्टवाल्डको विश्वास गर्छन्, ओष्टवाल्डको व्याख्या गर्छन् र त्यसैलाई मार्क्सवाद भन्दछन् । उनीहरु माख पढ्दछन्, माखमा विश्वास गर्छन्, माखको व्याख्या गर्छन र त्यसैलाई मार्क्सवाद भन्दछन् । उनीहरु प्वाँईकारे पढ्छन्, प्वाँईकारेमा विश्वास गर्छन्, प्वाँइकारेको व्याख्या गर्छन र त्यसैलाई मार्क्सवाद भन्दछन् । समग्रमा लिदा ती प्राध्यापकहरुले पुँजीपतिहरुको ब्याख्या गर्न बाहेक केही जानेका छैनन् । त्यसैगरी दर्शनशास्त्रका प्राध्यापकहरु धर्मशास्त्रका विक्रेता भएका छन्’ (भौतिकवाद र आनुभविक आलोचनावाद, पृ. ४१५, १९०८)

२) द्वन्द्ववादको सारका रुपमा विपरितहरुको एकता र संघर्षको नियम (एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने संघर्ष निरपेक्ष, निसर्त र स्थायी हुन्छ । क्रमश:…

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ११ : ३० बजे

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ