चिलीलाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा | Khabarhub Khabarhub

चिलीलाई हराउँदै उरुग्वे क्वाटरफाइनलमा


१० असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार बिहानको खेलमा चिलीलाई १-० गोलले पराजित गर्दै उरुग्वेले क्वाटरफाइलको यात्रा तय गरेको हो ।

उरुग्वेलाई जित दिलाउन एडिनसन काभानीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा काभानीले निर्णायक गोल गरेका हुन् ।

जितसंगै समूह ‘सी’ को उरुग्वे समूह विजेता बन्दै नकआउट चरणमा पुग्न सक्यो । उरुग्वेले ३ खेलमा ७ अंक जोड्यो । साविकको विजेता समेत रहेको चिली भने दोस्रो स्थानमा रहेर क्वाटरफाइनल पुगेको छ । चिलीले समूह चरणमा ६ अंक जोड्यो ।

अब उरुग्वेले क्वाटरफाइनलमा पेरुसँग खेल्नेछ । चिलीले भने कोलम्बियाको सामना गर्नेछ ।

प्रकाशित मिति : १० असार २०७६, मंगलबार  ८ : २६ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्