सलमान खानविरुद्ध फ्यानले हाले उजुरी, लगाए यस्तो आरोप | Khabarhub Khabarhub

सलमान खानविरुद्ध फ्यानले हाले उजुरी, लगाए यस्तो आरोप


१२ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड सुपरस्टार सलमान खानविरुद्ध मुम्बईको एक प्रहरी चौकीमा फ्यानले उजुरी दर्ता गरेका छन् । उजुरीमा उनले सलमान खानले फोन खोसेको कारण उजुरी हालेको बताएका छन् ।

यो मामिलामा सलमान खानको सेक्युगार्डले पनि प्रहरीमा अर्को उजुरी दर्ता गरेका छन् । जसमा सलमानको अनुमतिविना उनको पिछा गरेको र भिडियो खिचेको आरोप लगाइएको छ ।

खासमा सलमान खान जुहूदेखि कांदिवलीमा साइकलमा यात्रा गरिरहेका थिए । त्यो क्षणलाई एक युवकले मोबाइलमा भिडियो खिचेका थिए । ती युवकले झण्डै २० मिनेटसम्म सलमानको भिडियो बनाइरहे ।

त्यसपछि सलमान खान भड्किए । उजुरीमा आरोप लगाइएको छ कि, सलमान खानले मोबाइल खोसे । पछि उनका सुरक्षा सहयोगीले मोबाइल फिर्ता गरे ।

यो सबै भएपछि ती युवक प्रहरी चौकी पुगेर सलमान विरुद्ध उजुरी हाले । उजुरीमा सलमान खानलाई उचित कारवाहीको माग पनि गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहीबार  ५ : २७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम