विप्लवद्वारा विज्ञप्ति, आन्दोलनका कार्यक्रम सार्वजनिक « Khabarhub

विप्लवद्वारा विज्ञप्ति, आन्दोलनका कार्यक्रम सार्वजनिक


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– आफ्ना नेता कार्यकर्तामाथि धरपकड भएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

स्थायी कमिटि सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई पक्राउ गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको महासचिव विप्लद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर देशलाई गृहयुद्धतर्फ धकेल्न लागेको भन्दै चैत १६ गते नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । चैत १३ गते देशभर जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने विप्लवले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेछ छ ।

चैतभित्र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध नहटाएमा र शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध लगाउनेभनिएको छ । आजैमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्रभित्र विप्लव नेतृत्वको नेकपामाथि नियन्त्रण गरिसक्ने दाबी गरेका थिए ।

यस्तो छ विज्ञप्ति

 

 

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १० : २१ बजे

बाजुरामा एक सय बढी गाउँ पहिरोको उच्च जोखिममा

बाजुरा- बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन्

दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही– कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न

दिनेश अधिकारीले ल्याए ‘कविताको कथा : गीतको कथा’ 

काठमाडौँ- चर्चित कवि तथा गीतकार दिनेश अधिकारीले आफ्ना गीतका स्रोता

लक्ष्यअनुसारको सडक सम्पन्न हुन सकेन : मन्त्री यादव

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकमारी यादवले निर्माण व्यवसायीको ‘कन्स्ट्रक्सन

विदेशमा रहेका नेपालीको ‘नोट चल्ने, भोट नचल्ने’ कहिलेसम्म ?

म एउटा अध्ययनरत विद्यार्थी हुँ । यो विवेकशील नेपालीले ‘नोट