कुवेतविरुद्ध नेपाल : सुरुवाती ११ मा को परे ? | Khabarhub Khabarhub

कुवेतविरुद्ध नेपाल : सुरुवाती ११ मा को परे ?


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबलका लागि कुवेत पुगेको नेपाली फुटबल टोलीले आज (सोमबार) कुवेतसँग आफ्नो दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी खेलेको नेपाल आजको खेलमा सकारात्मक नतिजाको खोजीमा रहनेछ ।

खेल स्थानीय समयअनुसार ९ बजेर १५ मिनेटमा शूरु हुनेछ । खेलको पूर्व सन्ध्यामा नेपालका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँग खेलमा पनि बराबरी खेल्ने लक्ष्य रहेको बताएका छन् ।

कुवेतविरुद्ध खेल्ने शूरुआती ११ को टुङ्गो लागेको छ । आजको खेलमा नेपालको अग्रपङ्तीका भरत खवास र नवयुग श्रेष्ठलाई परिवर्तन गरिएको छ । उनीहरुको स्थानमा आशिष लामा र विमल रानाले स्थान पाएका छन् ।

नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु
डिफेन्डर : विराज महर्जन (कप्तान) , देवेन्द्र तामाङ्, अजित भण्डारी, रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, सुमन लामा
फरवार्ड : विमल राना, आशिष लामा

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : २२ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको