निर्मला हत्या प्रकरण– सिआईबीका निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित | Khabarhub Khabarhub

निर्मला हत्या प्रकरण– सिआईबीका निलम्बित डिएसपी अंगुर जिसी अदालतमा उपस्थित


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


महेन्द्रनगर– निर्मला पन्त हत्यासँग सम्बन्धित प्रमाण नस्ट गरेको तथा यातना दिएको अभियोग लागेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का तत्कालीन डिएसपी अंगुर जिसी सोमबार कञ्चनपुर जिल्ला अदालतमा हाजिर भएका छन् ।

निर्मलाकी आमा दूर्गादेवीले प्रमाण नस्ट गरेको तथा निर्मलाको बलात्कार पछि हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्टका दाजु खड्गसिंह विष्टले यातना दिएको आरोपमा उजुरी दिएका थिए । निलम्बित डिएसपी जिसीसहित ८ जना तत्कालीन प्रहरी अधिकारी÷कर्मचारीविरुद्ध मुद्दा दर्ता भएकोमा अन्य ७ जना भने धरौटीमा रिहा भइसकेका छन् ।

जिल्ला अदालत कञ्चनपुरले फागुन २६ गते जिसीविरुद्ध अदालतमा हाजिर हुन ३५ दिने सूचना जारी गरेको थियो । जिसी सूचना जारी भएको १६ औं दिन सोमबार अदालतमा उपस्थित भएका हुन् ।

जिसी अदालतमा हाजिर भएसँगै उनको बयान लिने काम शुरु भएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए ।

सोमबार बयान सकिए थुनछेक बहस हुनेछ । श्रेष्तेदार अवस्थीका अनुसार बयान सकिएर आदेश नआउन्जेलसम्म जिसी हिरासतमा रहनेछन् ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  १२ : २५ बजे

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक