विप्लवप्रति सरकारको दोहोरो रणनीति : सके फकाउने नभए तर्साउने | Khabarhub Khabarhub

विप्लवप्रति सरकारको दोहोरो रणनीति : सके फकाउने नभए तर्साउने


११ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको नागरिक दैनिकमा खबरछ ।

सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंसकारी परिभाषित गरेको सरकारले राजनीतिको मूलधारमा ल्याउन कारबाही प्रक्रिया पनि अघि बढाउने र वार्ता पनि चलाउने रणनीति बनाएको छ । सरकारले भदौमा असन्तुष्टि पक्षसँग वार्ता गर्न बनाएको टोलीका संयोजक र सदस्यहरुले भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोशिस गरिरहेका छन् । तत्कालीन वार्ताटोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव समूहका केही नेतासँग सम्पर्कमा रहेको स्रोतले जनाएको छ ।

विद्रोहको मुडमा छैन रोल्पा शीर्षकमा पत्रिकाले छापेको अर्को समाचारमा सरकारले सरकारले विप्लव समूहको गतिविधिमा लगाएको प्रतिबन्धसँगै आशंका र भयमिश्रित प्रश्न उठ्यो के अब अर्को द्वन्द्वको विजारोपण भएको हो ? सामाजिक सञ्जाल, चियापसल, मिडिया सर्वत्र उठेको यो प्रश्नले कुनै बखत माओवादी विद्रोहीको आधार क्षेत्र बनाएको रोल्पा फेरि विप्लवको नेतृत्वमा हुने आन्लोलनको आधार बन्ला भन्ने सबैको सोच रह्यो ।

तर, त्यहाँको बास्तविकता फरक पाइयो । रोल्पालीले अब द्वन्द्व हुने परिकल्पना नै गरेका छैनन् । बरु दैनिक जीवन बिथोलिने गरेर फेरि समाज हिंसामै बदलिने हो कि भनेर चिन्ता गरेका छन ।

त्यस्तै दुर्लभ वन्यजन्तु गैडा संरक्षणमा चुनौती रहेको ९ महिनाको अवधिमा ४१ गैडा मेरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

त्यस्तै पत्रिकाले ‘पेट्रोल पम्प कि बम ?’ शीर्षकमा लेखेको सम्पादकीयमा काठमाडौंमा बढेको समस्या त्यसमा पनि पेट्रोलपम्पले निम्त्याउने जोखिमको विषयलाई समेटिएको छ । बस्तीमा पेट्रोल पम्प बम हुनसक्ने खतरा औल्याइएको छ । अहिले भइरहेका र अत्यावश्यक यस्ता पम्पलाई मानब बस्तीभन्दा पर सुरक्षाका उपायसहित सार्नेतिर लाग्नुपर्छ । यत्रो खतरालाई समेत वेवास्त गरेर बस्नु मुर्खताबाहेक केही हुँदैन ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ६ : ३३ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका