सीमा अतिक्रमणको विरोधमा कलाकार सडकमा | Khabarhub Khabarhub

सीमा अतिक्रमणको विरोधमा कलाकार सडकमा


९ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली भूमि मिचिएको विरोधमा कलाकारहरु सडकमा उत्रिएका छन् । भारत तथा चीनले नेपाली सीमा मिचेको विरोधमा कलाकारहरुले सोमबार प्रदर्शन गरेका हुन् ।

नेपालको कालापानी, लिपुलेक मिचिएको भन्दै कलाकारले नेपालस्थित भारतीय दूतावासलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

नेपालको सीमा मिचिएको भन्दै देशभर केही समययता प्रदर्शन भइरहेका छन् ।

सीमा अतिक्रमण विरुद्ध गरिएको विरोध सभामा नेपाली कलाकार तथा विभिन्न संघका प्रतिनिधि उपस्थित थिए । विरोध सभामा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्देशक दिनेश डिसी, कलाकार नवल खड्का, मोहन निरौला लगायत उपस्थित थिए ।

कलाकारहरुले भारतले गल्ती नसच्याएसम्म विरोध गर्ने जनाएका छन् । कलाकार र संस्कृतिकमीले सबै नेपाली एकजुट हुन पनि आग्रह गरेका छन् । निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसीले सरकारलाई कुटनीतिक पहलका लागि दबाब दिने बताए ।

भारतीय दूतावासलाई बुझाएको ज्ञापनपत्रमा नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राई, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष मधु क्षेत्री तथा समाजवादी सांस्कृतिक महासंघका अध्यक्ष धनराज सुब्बाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ३६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम