घरमै पाइने बहुगुणी बेसारको फाइदाबारे यस्तो भन्छिन् डा. अरुणा | Khabarhub Khabarhub

घरमै पाइने बहुगुणी बेसारको फाइदाबारे यस्तो भन्छिन् डा. अरुणा


७ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बेसार तपाईंको भान्सामा हरेक दिन प्रयोग हुन्छ । तरकारीलाई पहेलो र आकर्षक बनाउँन तपाई बेसारको प्रयोग गर्नुहुन्छ होला । बेसारविना तपाईंको तरकारी देख्दै नमिठो छ भन्ने लाग्छ होला ।

तपाईलाई थाहा छ बेसार तरकारीलाई आकर्षक बनाउन मात्रै होइन मानव स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेती बेसार स्वास्थ्य र शरीरका लागि निकै फाइदाजनक भएको बताउँछिन् । उनी आफ्नो दैनीक जीवनमा बेसारको प्रयोग बारे यस्तो भन्छिन् :

विदेशीहरु बेसारको औषधी बनाएर बेच्ने गर्छन् । हामी भएको पनि प्रयोग नगर्ने ? मेरी हजुरआमाले मेरो खुट्टा मर्किंदा बेसार दूधमा मिसाएर खुवाउनुहुन्थ्यो ।

रुघाखोकी लाग्दा पानीमा बेसार पकाएर खुवाउनुहुन्थ्यो । घाउ पाक्दा घिउमा मिसाएर बेसार लगाइदिनुहुन्थ्यो । बेसार छालामा राम्ररी शोषण हुन चिल्लो चाहिन्छ भन्ने ज्ञान लेख्न–पढ्न नजानेकी मेरी हजुरआमालाई कहाँबाट थाहा भयो ? सायद उहाँले आफ्ना आमा, हजुरआमाबाट सिक्नुभयो होला । मलाई सिकाउनुभयो ।

केही समय अघि अष्ट्रेलियाबाट उपहार ल्याइदिएको भनेर विमलाले मलाई ‘टर्मरिक ल्याट्टे’को प्याकेट दिइन् । ६० ग्रामको त्यो प्याकेटमा बेसार, दालचिनी, कालीमरिच, सुकमेल मिसाइएको रहेछ । ६० ग्रामलाई झन्डै १५ सय रुपैयाँ पर्दोरहेछ । त्यो हिसाबले एक किलोको झन्डै २० हजार रुपैयाँ पर्ने ।

यहाँका पसलमा एक किलो बेसारलाई ४ सय रुपैयाँ पर्दोरहेछ । एक किलो कालीमरिच ७ सयदेखि ७ सय ५० रुपैयाँमा पाइने रहेछ । कालीमरिच र बेसार एक–एक किलो मिलाउँदा ११ सय रुपैयाँ हाराहारी पर्नेरहेछ । अष्ट्ेरलिया वा अमेरिकामा बेसार र कालीमरिचको धुलो किन महँगो भनेर केही व्यक्तिसँग छलफल गरेकी थिएँ । बेसारमा ‘करकुमिन’ भन्ने तत्त्व हुँदोरहेछ । त्यही कारण बेसारमा संक्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । सय ग्राम बेसारमा ५–८ प्रतिशत तेल, ७ दशमलब ३ प्रतिशत प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ए हुन्छ ।

शरीरमा विभिन्न संक्रमण भइरहयो भने मुटुको रोग लाग्छ र उमेरसँगै हुने समस्या बढ्दै जान्छ । करकुमिनले मानवकोषिकाभित्र पुगेर संक्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधीको नाम दिइएको छ । आयुर्वेदिक औषधी विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ ।

बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेका छन् । साबुन बनाउँदा बेसार प्रयोग हुनथालेको छ । ‘बेसार हालेर बनाएको क्रिम र साबुन’को विज्ञापन खुब देखिन्छ ।

धार्मिक क्रियाकलापमा पनि बेसार प्रयोग हुन्छ । मधेसतिर विवाहमा ‘हल्दीकी रसम’ महत्त्वपूर्ण धार्मिक संस्कार मानिन्छ । यसमा वर, वधुको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ ।

बेसारबारे वैज्ञानिक अनुसन्धान भइरहेकै छ । बेसारमा मानव मस्तिष्कलाई सक्रिय र मुटुका मांसपेशीको क्रियाकलापलाई सुचारु रूपले चलाएर मांसपेशी सुदृढ पार्न सक्ने तत्त्व हुन्छ । क्यान्सरलाई रोक्ने वा क्यान्सर भइसेकपछि प्रयोग गरिने औषधीको कुप्रभाव कम गर्ने सम्बन्धमा करकुमिनमाथि अध्ययन सुरु भएको छ ।

बेसारलाई मरिचसँंग मिलाएर प्रयोग गरियो भने करकुमिन कोषफकामा बढी शोषण हुने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । बेसारमा रहेको तत्त्वबारे थाहा पाएरै क्याप्सुल, पाउडर बनाएर पश्चिमा देशमा प्रयोग सुरु गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ८ : १३ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत