तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना छैन–नेता खनाल | Khabarhub Khabarhub

तत्काल मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना छैन–नेता खनाल


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले सरकारको काम कारवाहीप्रति असन्तुष्ठ हुनुपर्ने कारण नरहेको दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले सरकारको काम विभिन्न कारणले कम जस्तो देखिएपनि अब यसले गती लिने बताए ।

सङ्घीयताको पहिलो अनुभवमा कानून बनाउनुपर्ने भएकाले सरकारको काम कारवाहीमा केही ढिलाइ भएको खनालको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले संविधानले दिएको अधिकार कसैले पनि खोस्न नसक्ने जिकिर गर्दै सरकारले आफ्ना काम कारवाहीलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुुपर्नेमा कुरा जोड दिए ।

नेता खनालले सामाजिक सञ्जालमा अराजकता बढ्न नदिन नियमन गर्नुपर्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गरे । वर्तमान मन्त्री मण्डल पुनःगठन हुने कुनै एजेण्डा नभएको बताउँदै उनले पदमा रहेका पदाधिकारीलाई पार्टीको जिम्मेवारी दिने सम्बन्धमा छलफल चलिरहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ८ : २५ बजे

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित