भारतका पूर्व अर्थमन्त्री जेटलीको निधन | Khabarhub Khabarhub

भारतका पूर्व अर्थमन्त्री जेटलीको निधन


७ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालमा वित्त(अर्थ) मन्त्री रहेका भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।

६७ वर्षीय जेटलिनको शनिवार निधन भएको हो ।

विगत ९ महिनादेखि अरुण जेटली एम्समा उपचार गराइरहेका थिए । एम्सका प्रवक्ता आरती विजले जारी गरिएको प्रेस वक्तव्यमा जेटलीको शनिवार दिउसो १२ बजेर सात मिनेटमा अन्तिम स्वास लिएको उल्लेख गरिएको छ ।

स्वास लिन समस्या भएपछि जेटलीलाई नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान(एम्स) मा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

यस वर्ष जेटलीले प्रधानमन्त्री मोदीलाई एक पत्र लेखेर स्वास्थ्यका कारण आफूले सरकारमा कुनै जिम्मेवारी नलिने बताएका थिए ।  जेटलिको निधनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूले एक असल मित्र गुमाएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  २ : ५८ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा