२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी | Khabarhub Khabarhub

२ अर्बको सडक आयोजनामा रूखैरूख, कालोपत्रे गर्ने तयारी


१० माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् ।

सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् ।

रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनएको छ ।

आयोजना कार्यान्वयन इकाइ प्रमुख सुरेशकुमार वाग्ले वन कार्यालयले रूख कटानको अनुमति नदिँदा रूखवरिपरिको केही ठाउँ छाडेर सडक कालोपत्रे गर्न लागिएको बताउँछन् । वातावरणीय प्रभाव मूल्यांकन गरी रूख कटान अनुमतिका लागि गत असारअघि नै वन मन्त्रालयमा फाइल पठाए पनि स्वीकृति नपाएको उनले बताए ।

प्रकाशित मिति : १० माघ २०७५, बिहीबार  ९ : ०० बजे

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको