धितोपत्र बजारः नेप्से उकालो लाग्नेक्रम निरन्तर | Khabarhub Khabarhub

धितोपत्र बजारः नेप्से उकालो लाग्नेक्रम निरन्तर


८ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६.९० अङ्कले बढेर एक हजार २८४.०७ मा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ ले वृद्धि भई २७६.१३ मा पुगेको छ ।

परिसूचक बढे पनि कारोवार रकममा उत्साह देखिएन । आज कूल १७० कम्पनीका १३ लाख ४६ हजार ३३० कित्ता शेयर रु ४४ करोड ३४ लाख ८१ हजार ३९१ मा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ ।

वित्त १ र उत्पादन २.३४ अङ्कले घट्दा बैंकिङ ६.२३, होटल ४०.३६, विकास बैंक ८.५, जलविद्युत् २.२८, निर्जीवन बीमा ६८.४४, अन्य ३.१६, लघुवित्त १४.९८, जीवन बीमा ८.२१ र सामूहिक लगानी कोषको शेयर ०.०९ अङ्कले बढेको छ ।

स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु तीन करोड ९९ लाख ४४ हजार ४८९ को कारोवार भयो । कृषि विकास बैंकको रु दुई करोड ६६ लाख ६९ हजार ३८४, प्रभु बैंकको रु दुई करोड ६० लाख ५९ हजार ५५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५९ लाख २४ हजार ७६१, एनआइसी एशिया बैंकको रु एक करोड ५२ लाख ४१ हजार ८७९ र नवील बैंकको रु एक करोड ४४ लाख ६४ हजार ८५ मा खरीद बिक्री भए ।

परिसूचक बढे पनि युनियन हाइड्रोपावर लिमिटेडका शेयरधनीले ५.०५, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ३.७३, प्रोग्रेसिभ फाइनान्स लिमिटेड ३.५०, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३ र वेष्ट फाइनान्स कम्पनीका शेयरधनीले २.८८ प्रतिशतले गुमाए ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९.१३, मिथिला लघुवित्त वित्तीय संस्था ८.५०, दिव्यश्वरी हाइड्रोपावर ७.८१, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.६९ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.६८ प्रतिशतले कमाए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  ९ : १७ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम