विप्लवका जिल्ला इन्चार्ज पौडेल दोहोरो भिडन्तमानै मारिएका हुन्– गृहमन्त्री थापा | Khabarhub Khabarhub

विप्लवका जिल्ला इन्चार्ज पौडेल दोहोरो भिडन्तमानै मारिएका हुन्– गृहमन्त्री थापा


९ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल प्रहरीसँगको देहोरो भिडन्तमा मारिएको बताएका छन् ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सोमबार गृहमन्त्री थापाले पहिला पौडेलको समूहले नै आक्रमण गरेपछि प्रहरीको जवाफी फयरिङमा पौडेल मारिएको जानकारी दिएका हुन् ।

यही असार ५ गते दिउँसो २ बजे लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा रहेको उत्तर-दक्षिण बाटोमा पौडेल प्रहरीको गोलिबाट मारिएका थिए।

‘अनटेस्ट मोटरसाइकल सहितका दुईवटा मोटरसाइकलमा आइरहेका चार जना व्यक्तिहरुले प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल छाडी प्रहरी लक्षित फायर सुरुगरेपछि प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको हो,’ समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘घटनास्थलबाट बरामद परिचयपत्रको आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वागमती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको।’

उनले विप्लव समूहले लालबन्दी र हरिऔन इलाकाका स्थानीय जनप्रतिनिधि, व्यापारी, व्यवसायी एवम् सर्वसाधारण व्यक्तिहरुलाई धेरै समयदेखि जबर्जस्ती चन्दा माग्ने, चन्दा नदिएमा ज्यान मार्ने लगायतका धम्की दिने र जनमानसमा आतंक सिर्जना गरिरहेको बताए। नागरिक गुनो व्यापकरुपमा आएपछि सर्लाही प्रहरीले गस्ती, निगरानी लगायतका गतिविधि बढाएको थापाको भनाइ थियो।

मन्त्री थापाले समितिलाई दिएको जानकारी अनुसार अन्य तीन जना मुठभेडको क्रममा जंगलतर्फ भागेको र एक जनालाई गोली लागेको आशंका गरिएको छ ।

घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान बरामद भएको जानकारी दिए । घटनास्थलबाट बिष्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान पनि बरामद भएको गृहमन्त्रीको भनाइ छ।

तरपनि छानविन हुन्छ

बैठकमा उपस्थित धेरैजसो सांसदहरुले पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ नियन्त्रणमा लिएर भएको मारिएको दावी गरेका थिए।

सांसदहरु जनार्दन शर्मा, दिलेन्द्रप्रसाद वडू, झपड रावल, यशोदा सुवेदी, रामसहाय यादव लगायतले गैर न्यायिक हत्या कानुनी राज्यका लागि नसुहाउने विषय भएको भन्दै उक्त घटना छानबिन हुनुपर्ने माग गरे।

सांसद शर्माले कानुनत उनलाई नियन्त्रणमा लिनुपर्नेमा गोली ठोकिनुले सरकारी पक्षबाटै द्वन्द्व बढाउने काम भएको बताए। सांसद तीर्था गौतम त घटनाले पुनः द्वन्द्व बढाउने काम गरेको भन्दै बैठकमै रोएकी थिइन्।

त्यसपछि गृहमन्त्री थापाले दोहोरो भिडन्तकै क्रममा पौडेलको मृत्यु भएको दाबी गर्दै घटनाको छानविन गरिने बताए ।

बैठकमा उपस्थित प्रहरी महानिरीक्षक सर्वेन्द खनालले मृतक पौडेल विभिन्न घटनामा संलग्न भएको बताए।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  ९ : ४७ बजे

दक्षिण कोरियाले गर्‍यो नानोस्याटेलाइट प्रक्षेपण

काठमाडौं– दक्षिण कोरियाले पहिलो नानोस्याटेलाइट प्रक्षेपण गरेको छ । सन्

आईपीएलमा आज कोलकोता र पञ्जाब खेल्दै

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै

गाजा युद्धको विरोध भएपछि अमेरिकाका विश्वविद्यालयबाट सयौं विद्यार्थी पक्राउ

न्युयोर्क – अमेरिकाको विश्वविद्यालयहरुमा गाजा युद्धको विरोध हुन थालेपछि सयौं

कालिकामा एकल, दलित र विपन्न महिलालाई सवारी चालक तालिम

नारायणगढ– कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर

भारतीय चुनाव : आज दोस्रो चरणको मतदान

काठमाडौं– भारतीय लोकसभाका लागि उधुम गर्मीका बाबजुद आज बैशाख १४