नेपाल आइडल रवि ओडलाई राउटेको ढाका टोपी उपहार | Khabarhub Khabarhub

नेपाल आइडल रवि ओडलाई राउटेको ढाका टोपी उपहार


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तनगर–  गाउँघरमा पाएजति मजदुरी गरेर परिवारको जोहो गर्दै आएका लोपोन्मुख राउटे समुदायका करवीर राउटे शनिबार साङ्गीतिक कार्यक्रम उद्घाटनका लागि भीमदत्तनगर आए ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मटेनास्थित सडक छेउमा विगत केही वर्षयता आश्रय लिँदै आएका करवीर जङ्गलबाट बस्तीमा बसाइ सरेयता पहिलोपटक साङ्गीतिक कार्यक्रममा सहभागी भएका हुन् ।

यहाँस्थित एमएनआर ह्याप्पीले नेपाल आइडल रवि ओड र र्‍यापर भि–टेनलाई निम्त्याएर आयोजना गरेको प्रत्यक्ष साङ्गीतिक कार्यक्रम (लाइभ कन्सर्ट) मा राउटे पहिलोपटक प्रमुख अतिथि बनेका थिए ।  कार्यक्रममा पुगेका राउटे करवीरले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे ।भने कार्यक्रमा प्रस्तुतिका लागि सहभागी नेपाल आइडल रवि ओड र गायक बादल थापालाई ढाका टोली पहिर्‍याएर सम्मान गरे ।

“जङ्गलको बास र तरुल/कन्दमूलको भरमा बाँच्ने राउटे समुदायलाई समाजसित घुलमिल गराउन यहाँ डाकेका हौँ”, एमएनआर ह्याप्पी क्लबका अध्यक्ष करनसिंह पालले भने, “केही नयाँपनको शुरुआत गर्ने उद्देश्यले पनि लोपोन्मुख जातिको जम्मान गरेका हौँ ।”

पहुँचकै लागि सभासम्मेलनमा शीर्षनेता र उच्चपदस्थलाई बोलाउनुभन्दा पिछडिएका वर्ग र समुदायलाई अगाडि ल्याउन पनि पहल गरिएको उनको  भनाइ थियो ।

कार्यक्रममा खुशी व्यक्त गर्‍दै करवीरले पहिलोपटक साङ्गीतिक कार्यक्रमा सहभागी हुन पाउँदा खुशी भएको अनुभूति सुनाए ।  “यस्तो कार्यक्रममा अहिलेसम्म आएको थिइनँ”, उनले भने “मनोरञ्जनात्मक कार्यक्रममा आतिथ्यताका लागि सबैलाई धन्यवाद ।”

झण्डै एक दशकअघि यहाँको मटेनास्थित सामुदायिक वन छेउमा आश्रय लिँदै आएका राउटेले जग्गा र घरबासको व्यवस्था नहुँदा समस्या भइरहेको दुखेसो पोखे ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ११ : ४६ बजे

सोलुखुम्बुमा सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार

एकल र साझा अधिकार सूचीमा रहेका कानून सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

हेटौँडा– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन

रविमाथि छानबिन नभए बजेट अधिवेशन चल्दैन : रमेश लेखक

काठमाडौं- फागुन २१ गते अचानक माओवादी–कांग्रेस गठबन्धन सरकार फेरिएपछि नेपाली

संविधानलाई पूर्ण बनाएर सफल कार्यान्वयन गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधानलाई पूर्ण

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने 

काठमाडौं– निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको