यस्तो हुनेछ ‘सेल्फी किङ’ मा विपिनको भूमिका | Khabarhub Khabarhub

यस्तो हुनेछ ‘सेल्फी किङ’ मा विपिनको भूमिका


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक फिल्ममा फरक अभिनय गर्दै आएका अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ को चर्चा छ । फिल्ममा विपिन कार्कीलाई एक हास्य अभिनेताको भूमिकामा देखाइएको छ ।

फिल्ममा विपिनलाई एक हास्यकलाकारको भूमिकामा देख्न सकिनेछ । उनले फिल्ममा एक कलाकारको जीवनमा आएको विभिन्न उतारचढावलाई पर्दामा प्रस्तुत गरेका छन् ।

निर्माण टिमका अनुसार कला यात्राको दौरान एक हास्य कलाकारले पाएको सफलता र व्यक्तिगत जीवनमा देखिएका उतारचढावलाई फिल्ममा विपिनमार्फत प्रस्तुत गर्न खोजिएको छ ।

एक हास्य पात्रले दर्शक त हसाउँछ तर उसको वास्तविकता कस्तो हुन्छ कथामा विपिन प्रस्तुत भएका छन् ।

गत वर्ष फिल्म ‘प्रसाद’ मा एक प्रेमीका रुपमा देखिएका विपिन यसपटक कलाकारका रुपमा देखिन लागेका हुन् ।

फिल्मलाई प्रसादका निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेका हुन् । विशाल सापकोटाले निर्देशन गरेको यो फिल्मलाई ड्रामा विथ कमेडी भनिएको छ ।

फिल्मका निर्माता दिनेश राउतले ‘सेल्फी किङ’ मा विपिनको भूमिका खुलाउँदै थप्छन्, ‘एक हास्य कलाकारभित्रको पीडा फिल्ममा विपिनको भूमिकामा माध्यमबाट हामीले देखाउन खोजेका छौँ ।

राउतका अनुसार फिल्मले एक कलाकारको जीवनका माध्यमबाट मनोरञ्जन दिनेछ ।

विपिनका अलावा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने फिल्ममा निर्देशक सापकोटाकै लेखन रहेको छ ।

यो फिल्म माघ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसअघि सार्वजनिक भएका फिल्मका पोस्टर र टिजरले दर्शकको साथ पाएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ४ : २० बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम