सूर्य ग्रहण कुन राशिका लागि उत्तम, कसरी हेर्ने ? | Khabarhub Khabarhub

सूर्य ग्रहण कुन राशिका लागि उत्तम, कसरी हेर्ने ?

सूर्य ग्रहण हेर्ने उत्तम तरिका सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु हो



काठमाडौं- विहीबार सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिनेछ ।

यस ग्रहणलाई मलेसिया, सिंगापुर, श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउँहरुबाट वलय सूर्यग्रहण देख्न सकिन्छ ।

जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने खण्डग्रास सूर्यग्रहण मात्र देखिन्छ ।

सूर्यग्रहण नेपालमा विहान ८ बजेर ४३ मिनेटबाट शुरु भई ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ । विहानको १० बजेर २ मिनेट जाँदा सूर्यलाइ हामीहरुले करीब ३७ प्रतिशत ढाकेको देख्दछौं भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चीसो अनुभव सबैले महशुस गर्नेछन् ।

के हो सूर्य ग्रहण ?

संस्कृत भाषाको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाँले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ।

सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो। ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा लाग्दछ।

सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छायाँ पर्दा सूर्यग्रहण देखिन्छ।

सूर्य र चन्द्रको अवस्था सूर्य चन्द्रमाभन्दा करिब चारसय गुना ठूलो र त्यति नै परिमाणमा टाढा रहेको छ। यसैकारण पनि पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र लगभग उत्रै देखिन्छ। जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ।

यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन्। यस्तो प्रक्रिया सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ

कुन राशिका लागि उत्तम ?

ग्रहणका समयमा के गर्न हुने के गर्न नहुने भन्ने विषयमा ज्योतिष शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

यदि धर्मशास्त्रमा विश्वास गर्ने हो भने यो सूर्यग्रहण कर्कट, तुला, कुम्भ तथा मीन राशिभएका मानिसले मात्र हेर्न हुन्छ । तथापि वैज्ञानीकहरु भने सूर्यग्रहण जो कोहिले सुरक्षित तरिका अपनाएर हेर्न हुने मान्दछन् ।

साधारण मानिसका लागि ग्रहण एउटा अनौठो तथा असाधारण घटना हो भने खगोलविद्हरुका लागि यस्तो घटना आफ्नो गणित जाच्ने सुनौलो अवसर हो ।

वैज्ञानिक तथा खगोलविद्हरु सूर्य चन्द्र तथा पृथ्वीको सहीदूरी मापन गर्न ग्रहणको उपयोग गर्दछन् भने हाम्रा साना नानीवाबुहरुका लागि भने विज्ञानमा रुची पैदा गराउन यस्ता घटनाहरु उपयोगी हुने गर्दछन् ।

सूर्य ग्रहण कसरी हेर्ने ? 

सूर्यग्रहण हेर्न चाहने जो कोहीलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुशीस्थित तक्षशिला कलेजको छतबाट सुरक्षित तरिकाबाट ग्रहण हेर्ने व्यवस्था मिलाएको छ ।

चन्द्रग्रहण हेर्दा हाम्रो आँखामा कुनै असर गर्दैन भने सूर्य ग्रहण हेर्दा अत्यन्तै सावधानी अपनाउनु पर्ने हुन्छ । मानिसको आँखा अत्यन्तै संवेदनशील हुन्छ ।

मानिसको आँखाभित्रको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिनाको एउटा भाग स्थायीरुपमा नै नष्ट हुन गई मानिस अन्धो समेत हुन सक्दछ । त्यसैले सूर्यग्रहणका वेलामा नाङ्गो आखाले कदापि हेर्न हुँदैन ।

सूर्य ग्रहण हेर्नलाई बनाइएको विशेष चस्माको प्रयोग गरेर मात्र ग्रहण हेर्नुपर्दछ । यसो गर्दा कुनै नोक्सानी हुँदैन । सूर्यग्रहण हेर्ने अत्यन्त सुरक्षित तरिका भनेको सूर्यविम्बको प्रतिविम्ब बनाइ छाया हेर्नु नै हो ।

धार्मिक समुदायका मानिसहरु ग्रहणका वेला दान दक्षिण गर्दा विशेष फलमिल्ने विश्वास गरी दान दिने नदी तट वा गंगामा गई ग्रहणको स्नान गरी सुद्द हुने गर्दछन् ।

तान्त्रिकहरु आफ्नो मन्त्र सिद्घ गराउनका निमित्त ग्रहण लागेका वेला अत्यन्तै उपयुक्त मान्दछन् र मन्त्रको साधना समेत गर्दछन् ।

ग्रहण सम्बन्धि अन्धविश्वास संसारभरी नै रहेका पाउन सकिन्छ । रोमनहरु ग्रहणका वेला चिच्याउने गर्दछन् भने चीनमा ग्रहण र ड्र्यागनसगको सम्बन्धमा विश्वास गर्ने गर्दछन् ।

प्राचीन मिश्रका राजा आफै सूर्यवंशी थिए उनी सूर्यग्रहणका वेलामा आफ्नै शहरको मुख्य मन्दिरमा गएर मन्दिरको परिक्रमा गरिरहन्थे भन्ने कुराको इतिहास भेट्न सकिन्छ ।

(आचार्य सहप्राध्यापक तथा वरिष्ठ खगोलविद् हुन्)

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ३४ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा