देशभरका नागरिक महानगरभित्र बस्ने भएकाले सबैको चाहना पुरा गर्न कठिन छ– मेयर शाक्य | Khabarhub Khabarhub

देशभरका नागरिक महानगरभित्र बस्ने भएकाले सबैको चाहना पुरा गर्न कठिन छ– मेयर शाक्य

'मेलम्चीका कारण महानगरले गाली खाएको कुरा प्रधानमन्त्रीलाई पनि सुनाएका छौं'



काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अन्य स्थानीय तहका प्रमुखभन्दा बढी चर्चा हुने नाम हो ।

काठमाडौं महानगरपालिका देशको राजधानी रहेको ठाउँको स्थानीय तह भएकाले पनि तुलनात्मक रुपमा यो यहाँको चर्चा बढी हुन्छ । उनी आफैंले पनि काठमाडौं महानगरपालिकालाई अरु स्थानीय तहसँग तुलना गर्न नमिल्ने बताउँदै आएका छन् ।

स्थानीय तह सम्हालेपछि धेरै चर्चाको पात्र बनेका मेयर शाक्य अनेक घटनामा जोडिएर आलोचित पनि बन्ने गरेका छन् । उनै शाक्यसँग हामीले महानगरले गरिरहेको काम, भावी योजना, जनअपेक्षा अनुसार काम हुन नसक्नुका कठिनाई लगायतका विषयमा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत त मेयर शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंशः

महानगरपालिको मेयरका रुपमा काम गरिरहँदा काठमाडौँ महानगरको मूल समस्या के पाउनुभयो ?

काठमाडौँ र अरु ७ सय ५२ वटा स्थानीय तहको तुलना गर्न मिल्दैन । यो देशको राजधानी, यहाँका स्थानीयसँगै देशैभरीबाट काठमाडौँ आउनेको संख्या उल्लेख्य छ ।

दैनिक रुपमा लाखौँ नागरिक काठमाडौँ आउँछन् । त्यसको सम्बोधन काठमाडौँ महानगरपालिकाले गर्नुपर्छ । काठमाडौँ महानगरको समस्या हामीले मात्रै बुझेर भएन । उहाँहरुलाई समेत बुझाउनुपर्छ । समस्या भनेको जहाँ पनि हुन्छ, पढेलेखेका मान्छेहरु एउटा विषयमा पिएचडी गरेपछि अर्को विषयमा पिएचडी गर्ने सोंच बनाउँछ । सामाजिक क्षेत्रमा काम गर्नेको पनि त्यस्तै आकांक्षा हुन्छ ।

कुनै पनि विषय आफैंमा पुर्ण हुन सक्दैन । एउटा काम गर्‍यो भने फेरी अर्को कामको शुरुवात हुन्छ । कुनै काम दैनिक रुपमा गर्नुपर्छ भने कुनै काम निरन्तर गरिरहनुपर्छ ।

पहिलो हामीले प्राथमिकता दिएको भनेको वातावरणीय सुधारको काम हो । अहिले हामी आएपछि वर्षाका समयबाहेक र केही समय नियोजित रुपमा गरेको आन्दोलनबाहेक फोहर व्यवस्थापनको समस्या छैन ।

केही समयका लागि फोहर व्यवस्थापनको लागि सिसडोल तोकिएको थियो । २०६२ सालदेखि अस्थायी रुपमा सिसडोलमा फोहर व्यवस्थापन हुने गरेको भएपनि व्यवस्थित हुन सकेको थिएन ।

यो सबैलाई थाहा भएको विषय हो । बञ्चरेडाँडाको निर्माण शुरु भएर त्यसका् निर्माण सम्पन्न भएपछि सिसडोलका स्थानीयको विरोध पनि हुने कुरा भएन । काठमाडौँ भूगोलले सानो भएपनि जनसंख्या बढि छ ।

जसका कारण फोहर उत्पादन धेरै हुन्छ, त्यसको चुनौती व्यवस्थापन हामीले गर्न खोजिरहेका छौँ । अर्को भनेको २०७२ सालको भुकम्पपछि काठमाडौँको सम्पदालगाएत टेको लगाएका घरको पुनर्निमाणको काम गर्नुपर्नेछ ।

त्यसका लागि आवश्यक निर्माण सामग्रीको व्यवस्थापन पनि चुनौतीपुर्ण छ । चोक, गल्लीहरु साना छन्, तीनीहरु भत्काउनुपर्नेछ, भत्काउँदा आउने धुलोले ढल बन्द हुने समस्या समेत छ ।

त्यो चुनौती पनि छ, अर्को भनेको सबैभन्दा हामीले भोगिरहेको समस्या भनेको मेलम्ची हो । तोकिएको समयमा मेलम्चीको निर्माण समयमा सम्पन्न भयो भने धेरै समस्या समाधान हुन्छ ।

हामीले धेरै स्थानमा बाटो निर्माण गछौँ मेलम्ची आयोजनाले भत्काउन शुरु गरिहाल्छ । हामीलाई अहिलेपनि मेलम्ची आयोजनाले पछ्याइरहेको छ ।

यसको संयोजन किन हुन नसकेको ?

संयोजन हामीले धेरैपटक गरिरहेका छौँ । त्यसका लागि मेरो नेतृत्वमा धेरैपटक छलफल गर्‍यौँ। तर समस्याको समाधान हुन सकेको छैन । मैले माथिल्लो सरकारलाई पनि धेरैपटक भनेको छु ।

उदाहरण लागि गौशालादेखि बौद्धदेखि जोरपाटीसम्मको बाटो, केही महानगरभित्र पर्छ । केही अन्य नगरभित्र पर्छ । जुन धेरै लामो समयदेखिको समस्या हो । तर अहिले त्यहाँ पीच भयो भने कहिले पाइप, कहिले ढल राख्न बिर्सियो भनेर बिचमा सडक पिच भएपनि सडकको दुबैतिर अहिलेपनि पिच हुन सकेको छैन ।

अहिलेपनि बाटो पिच भइसकेको छ । फेरी भत्काउने काम पनि शुरु हुन बेर छैन । कमजोरी कसको भनेर कसैलाई भन्न चाहन्न । सबैले बुझेको छ । कसैलाई आरोप लगाउने नै म चाहन्न ।

काठमाडौं महानगरलाई साधन स्रोतको कमी छैन, कमि छ त केवल समन्वयको ।

जनशक्तिको अबस्था चाँहि कस्तो छ ?

जनशक्तिको अबस्थामा पनि समस्या छैन । पर्याप्त नभएको होइन । कसले के गर्ने भनेर एकीकृत विकासको समस्या छ । सबै निकाय आफैमा स्वायत्त छन् ।

ऐन, कानूनमा केही समस्या छन् ?

खानेपानी हामीले छुन पाउँदैनौ । महानगरबासीले खानेपानी पाएन भने केयुकेएललाई भन्नुपर्छ । केयुकेएल भनेको फेरी पानी वितरण गर्ने मात्रै काम गर्छ ।

मेलम्चीले पानी ल्याएपछि वितरणको काम भने केयुकेएलको हो । निकायहरु धेरै छन् । तर जनताले बुझ्दैनन् । जनताले बुझ्ने भनेको आफुले चुनेर पठाएका प्रतिनिधि मेयर, वडाध्यक्ष नै हो ।

कुनै पनि कर्मचारी जनताको घरदैलोमा जानुपर्दैन, हामीहरु नै हो जनताले चिन्ने भनेको । हिजो कमिटमेण्ट पनि गर्नुपरेन, आज प्रगतिविवरण पनि दिनुपरेन ।

हामीसँग पानी नपाएपनि गुनासो गर्छन, जबकि पानी दिने निकाय अर्को हो । विजुलीको व्यवस्थापन गर्ने निकाय अर्को छ । टेलिफोन, तारको व्यवस्थापन अन्य निकायले गर्छन् ।

ती सबैको व्यवस्थापन र समन्वय गर्नुपर्ने काम महानगरले हो, त्यसका लागि कार्यविधि बनाएर मन्त्रालयले गर्नुपर्छ ।

भनेको त्यसको प्रस्ताव तपाईले राख्नुभएको छ ?

आजभन्दा दुईवर्ष अघि २०७४ असार २ गते गृह मन्त्रालयमा तत्कालिन गृहमन्त्री जनार्दन शर्माको अध्यक्षतामा बैठक बसेको थियो ।

सबै निकायहरुको समन्वय गर्ने जिम्मा महानगरको हकमा मलाई जिम्मा दिनुपर्‍यो भनेर मैले नै राखेको हो । त्यसपछि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा समन्वयका लागि समिति बन्यो सबै निकायहरुको समेत सहभागितामा ।

बैठकको निर्णय सार्‍है राम्रो छ, तर कार्यान्वयन हुन भने सकेन । टेलिकम, केयुकेएललाई मेरो निर्देशन लागू गर्न बाध्यकारी छैन । खाली समन्वय मात्रै हुनसक्छ ।

विदेशमा महानगरपालिका भनेर भन्छौँ नि स्वदेशमा त्यसअनुसारको अधिकार पनि छैन । अधिकार नभएपछि अपेक्षाअनुसारको काम हुन सकेको छैन ।

समस्या धेरै छन्, सांस्कृतिक शहरका रुपमा रहेको काठमाडौं महानगर कंक्रिटमय बनेको छ । वातारवरण पनि दिनानुदिन प्रदुषित हुँदै गएको छ। यसबाट पार पाउन के गर्ने त्यसोभए ?

बुझेको सबैले छ । समस्या धेरै छ । यहाँ रोजगारीको अवसर छ । लाखौँ व्यक्ति यहाँ छन् । काठमाडौंको स्थानीयभन्दा धेरै देशका विभिन्न स्थानमा मानिस यहाँ छन् । किनकि यहाँ अवसर पनि छ ।

अहिलेपनि रोजेको काम नपाएपनि भेटिएको काम गर्ने हो भने काम गरेर खान काठमाडौंमा समस्या छैन । त्यसका कारण जनसंख्या बढेपछि बस्ती पनि बढ्ने भइहाल्यो ।

शुरुमा नेपाल जाने भनेपछि काठमाडौंका भित्रि शहर मात्रै थिए । हिजो कालिमाटी गाउँ थियो, वानेश्वर गाउँ थियो, शंखमुल, सामाखुसी गाउँ थियो, रिङरोड बनाउँदा त्यसभन्दा बाहिर बस्ती थिएन । तर अहिले रिङरोडबाहिर घना बस्ती भइसक्यो ।

त्यसकारण त्यसको व्यवस्थापन गर्ने भनेको संघीयता नै हो । राज्यले पनि त्यो अंगिकार गरिसकेको छ, संघीय राजधानी काठमाडौं हुने प्रदेश राजधानी तोकिएको छ ।

प्रदेशका राजधानीबाट जनताले काठमाडौं आएर पाउने सेवासुविधा दिने व्यवस्था गर्नुपर्‍यो । राज्यले अवसर र सेवा पाउने अबस्था प्रदेश मुकामहरुमा दिनसक्नुपर्‍यो, त्यसो भयो भने काठमाडौंले थेग्न सक्ला हैन भने ओभरलोड भएर काठमाडौंमा केही होला कि भन्ने चिन्ता समेत छ ।

अर्को भनेको बाटो उही हो, तर यातायातको साधन बढिरहेको छ, बाटो चौडा गर्न घर भत्काउन थालियो भने सबै घर भत्काउनपर्छ । अब काठमाडौं महानगरभित्र गाडी आवश्यक छैन । केही समयअघि सरकारले भुकम्पपिडीतका लागि ट्याक्सी दिने भनेर निर्णय गर्‍यो । जसको हामीले लिखित रुपमै विरोध गर्‍यौँ ।

काठमाडौँमा यातायात व्यवस्थापन असहज हुन्छ भनेर यातायात व्यवस्था विभाग गयौँ, तर विभागले १५ सय ट्याक्सी दिएरै छाड्यो । भुकम्पपीडित छ, गोरखा र दोलखाको, उससँग लाइसेन्स छ कि छैन भनेर भन्यौ तर विभागले मानेन । अहिले साना सवारीको सट्टामा ठुला सवारीसाधन चलाउने योजनामा हामी छौँ । त्यसअनुसारै साझा बसमा महानगरले लगानी गरेको छ ।

अहिले विद्युतीय बस ल्याउने योजना अन्तिम चरणमा पुगेको छ । हामीले योजना अघि सारेपछि प्रदेश सरकारले तिन करोड र संघीय सरकारले ३ अर्ब दिने भनिसकेको छ । त्यसैले स्रोत साधनको अभाव हैन, व्यवस्थापनको समस्या हो । अहिले जसरी विजनेश कम्प्लेक्स बनिरहेका छन् ।

हामीले पार्किङका लागि पनि कम्प्लेक्स बनाउने भनेर अघि बढ्यौ । त्यसको टेण्डर पनि भयो । तर न्यायिक निकायमा विवाद पुगेपछि काम अघि बढ्न सकेन । काठमाडौंबासीले भोगेको समस्या के हो भने आफ्नो घर भत्काएर सडक चौडा पार्ने अनि त्यही सडकमा अरुले आएर पार्कीङ गर्ने ।

हामीले गर्न चाहेको तर नसकेको भनेको के हो भने काठमाडौंको ढल व्यवस्थापन हो । त्यसलाई व्यवस्थापन गर्ने काममा हामी लागिरहेका छौँ । प्रदुषणको आकार कम भइसकेको छ, ब्रुमर खरिद गरेर काठमाडौंको मुख्य सडक धुलोमुक्त भइसकेको छ । घर बनाउनेले सडकमा राखेका सामानको व्यवस्थापन महानगरले गर्नुपर्ने अबस्था छ ।

नागरिक आफै पनि सचेत हुनुपर्छ । अहिले तपाईले हेर्नुभयो भने काठमाडौंको मुख्य सडकमा धुलो उड्दैन, धेरै सफा छ, मास्क नलागाई हिड्न सक्ने अबस्था छ । तर सहायक सडकको धुलो हटाउन हामीले सकेका छैनौँ । २ वटा ब्रुमर किन्ने योजना बनाएका छौँ । त्यो आएपछि सहायक सडक पनि सफा हुन्छ ।

हामीले प्रधानमन्त्रीदेखि मेलम्ची आयोजनाका हाकिमहरुलाई समेत भनेका छौँ, मेलम्चीका कारण महानगरले गाली खायो भनेर हामीलाई सहयोग गर्नुस् भनेर ।

अकुपाई टुँडिखेलको विषय र पुरातात्विक सम्पदाको पुनर्निमाणको विषयमा के भन्नुहुन्छ ?

त्यस्तो समस्या त छैन । यहाँ कतिको कुरा सुन्ने भन्ने हो । हजारौँको सुन्ने कि ४/५ जनाको कुरा सुन्ने भन्ने हो । मैले चाँहि हजारौँको कुरा सुन्ने गरेको छु ।

बहुजन हिताय बहुजन सुखाय भनेजस्तै बुद्धजस्तो व्यत्तिले पनि सबैलाई खुसी पार्न नसकेको अबस्था थियो । जहाँपनि सम्पदाप्रेमी मेयर भनेर मलाई भन्ने गरेका छन् । तर कतिपयलाई चित्त नबुझेको पनि हुनसक्छ । धेरैले मन पराए भने अर्कोपटक यसलाई रोक्न सकिन्न कि भनेर केहीको चिन्ता र मिसन होला ।

जहाँसम्म अकुपाई टुँडिखेलको कुरा छ । त्यहाँ महानगरले कुनै पनि स्थायी संरचना निर्माण गरेको छैन । सरकारले पनि स्थायी संरचना निर्माण गरेको छैन । जसले अभियान चलाइरहेका छन् उनीहरुलाई मै भनिसकेको छु । हनुमानढोकाको विषय किन नउठाएको भनेर । त्यहाँको कुनै विरोध छैन । किनभने निहु चाहिएको हो ।

अकुपाई टुडिखेलमा थोरै मान्छेहरु छन् । तर केही मिडियाहरुले धेरै उचाले । त्यहाँ विरोध गर्नेहरु स्थानीय बासिन्दा कोही पनि छैनन् । कहिले सेनाको मञ्च हटाउने भन्छन् । कहिले के भन्छन्। तर मानिस जम्मा नभएपछि केही पनि गर्न सकेका छैनन् ।

त्यसोभए के प्रयोजनका लागि यो भइरहेको छ त ?

दरबार हाइस्कूलको निर्माणको काम भइरहेको छ । त्यसको निर्माण सामग्री टुंडिखेलमा राखिएको हो । त्यसलाई असन र भोटाहिटिको सडकमा राखिएको के हुन्थ्यो ? विर अस्पताल नेपाल सरकारको लगानीमा बनिरहेको छ । त्यसको निर्माण सामग्री राख्न दिएका हौँ ।

केही गाली खाएर भएपनि हामीले राज्यलाई सहयोग गरिरहेका छौँ । त्यो अस्थायी रुपमा धरहराको निर्माण सामग्री राख्न दिएका छौँ, हनुमानढोकाको गद्दी बैठक बनाउने बेलामा समेत हामीलाई सहयोग गरेका हौँ । त्यस्ता कुराहरु सबैले बुझ्नुपर्छ ।

तीन महिनापछि त्यो निर्माण सामग्री हट्दैछ । त्यो सबै थाहा पाएर जस लिन पनि गरेको हुनसक्छ । कसैलाई पत्रपत्रिकाको पात्र बन्नुछ । त्यसका लागि पनि अकुपाई टुँडिखेल भनिएको होला ।

त्यसैले यो ठुलो समस्या होइन । अहिले पनि टुंडिखेलमा फुटबल र क्रिकेट खेलिरहेको देख्न सकिन्छ । सेनाको हेडक्वाटर हटाउने कुरा भनेको कुनै स्थानीय तहले हटाउन सक्दैन ।

अभियानको नेतृत्वकर्ताका रुपमा मेरो आदरणीय दाइ भिमसेनदान प्रधान । उहाँ आफु रक्षामन्त्री हुँदा सेनाको मुख्यालय बनाउन दिने । आफ्नो कार्यकालमा मुख्यालय हटाउने निर्णय गरेको । तर हटाउन नसकेको अबस्था पनि होइन । अहिले फेरी भत्काउ भन्नु उपर्युक्त होइन जस्तो लाग्छ ।

माथिल्लो निकायमा छलफल गरे निर्णय गर्नुपर्छ, कहिले रानीपोखरी बेच्यो भनेको छ । कहिले खुलामञ्च बेच्यो भनेको छ, कहिले टुंडिखेल भनेर भनेको छ । यसरी कसैको इज्जतमाथि धावा बोल्ने काम हुनु भएन ।

महानगरभित्र पनि केही विवाद छ ?

महानगरले गर्ने सबै निर्णय सर्वसम्मत छ । कसैलाई मिडियामा आउने रहरले बाहिर के बोल्यो भन्ने कुरा भएन । कतिपय स्थापना सम्पदा निर्माणको काममा अभियान्ताका नाममा अवरोध हुने गरेको छ । अभियान्ता भनेको के ?

एउटा मोबाइल भए अभियान्ता बन्न सकिने । अभियान्ता भनेको छ, दुई तिहाइको सरकार, जनतामारा सरकार, १७ हजार मारेको भनेर हिड्नुपर्ने भनेको राजनीतिक पूर्वाग्रह हो भन्ने मलाई लाग्छ ।

काष्ठमण्डप काठमाडौं महानगरले बनायो । जुन एक वर्ष रोकियो । विभिन्न स्थानमा निर्माण भइरहेका छन् विहारहरु, आँगनहरु, हामीले बनाइरहेका छौँ ।

म लचिलो मान्छे हुँ, आफु गालि खाएर भएपनि राज्यको नीति नियम कार्यान्वयन गर्न म पछि हट्ने मान्छे होइन, चीनको राष्ट्रपतिको नेपाल भ्रमणका बेला म अस्पतालमा बसेको बेला भएपनि खुलामञ्चलाई पिच गर्न लगाएँ । तर उपमेयर गएर भत्काउनुभयो । फेरी मैले बनाउन लगाए अहिले कसैले भत्काउने काम गरेको छैन ।

कोटेश्वर तिनकुनेमा अस्थायी रुपमा गार्डेन बनाएर व्यवस्थापन गरेका छौँ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ९ : ०२ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई