नेप्से दोहोरो अंकले ओरालो | Khabarhub Khabarhub

नेप्से दोहोरो अंकले ओरालो


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.५४ विन्दुले घटेर एक हजार ११०.०८ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक २.०३ विन्दुले घटेर २४४.८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको नौ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०.४७, व्यापार ३९.८६, होटल १०.८३, विकास बैंक १०.३९, जलविद्युत् ७.६, वित्त ५.४१, निर्जीवन बीमा ५७.१५, उत्पादन २०.५१, अन्य ४.६६, लघुवित्त ६.३४, जीवन बीमा ४८.०८ र सामूहिक लगानी कोष ०.०९ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ११ लाख ५९ हजार ४०० बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक रु एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३.८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३.०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २.५८ प्रतिशतले कमाउँदा साल्ट ट्रेडिङ कर्पोरेशन ९.९०, गुर्खाज फाइनान्स ५.४०, पु्रडेन्डियल इन्स्योरेन्स ५.२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ७ : ४४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम