दोहोरी प्रतिष्ठानको चुनाव: अध्यक्षमा रमेश र विष्णुको भिडन्त | Khabarhub Khabarhub

दोहोरी प्रतिष्ठानको चुनाव: अध्यक्षमा रमेश र विष्णुको भिडन्त


८ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशनमा ११ पदमा उम्मेदवारी दिएका कलाकार निर्विरोध निर्वाचित भएका छन् । शुक्रवारदेखि शुरु भएको महाधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्वको चयन गर्दैछ ।

महाधिवेशनका लागि आइतबार (आज) उम्मेदवारका लागि मतदान हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष पदका लागि रमेश वि.जी र गायक विष्णु खत्री भिड्दैछन् ।

यता प्रतिष्ठानको चुनावमा उठेका ११ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष पदमा रीता थापा मगर, यस्तै प्रथम उपाध्यक्ष पशुपति शर्मा र द्वित्तीय उपाध्यक्षमा गायक रामजी खाँड सर्वसम्मत निर्वाचित भएका छन् ।

यस्तै महिला उपाध्यक्षमा राधिका हमाल निर्वाचित भएकी छिन् भने तृत्तीय उपाध्यक्ष दीपक खड्का चयन भएका छन् ।

प्रतिष्ठानको केन्द्रीय समितिको महासचिव पदमा सुवास केसी निर्विरोध निर्वाचित भएका छन् । उप–महासचिव पदमा शंकर बिसी र शिव हमाल निर्विरोध चयन भएका छन् ।

यसैगरी खुमन अधिकारी सांगठनिक सचिव तथा महिला सचिवमा जमुना राना मगर चयन भएका छन् । साथै पूर्णकला बिसी सह–कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् ।

बाँकी केही पदमा भने अन्ततः मतदान हुने भएको छ । अध्यक्ष पदका लागि रमेश बिजी र विष्णु खत्री भिड्ने भएका छन् । यस्तै कोषाध्यक्षमा राजु ढकाल र तारापति सुवेदीले उमेद्वारी दिएका छन् ।

त्यस्तै सह–कोषाध्यक्ष पदका लागि घनश्याम रिजाल र ईश्वरीप्रसाद भुसालको उम्मेदवारी परेको छ भने सचिव (प्रशासनिक) तर्फ कृष्ण रेउले र पुरुषोत्तम थापाको उमेद्वारी परेको छ ।

सचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । खुलातर्फबाट सचिव पदका लागि जीवन दाहाल, प्रचण्ड जिसी, रमेश राज भट्टराई, कृष्ण आँशु विश्वकर्मा र विनोद बाजुराली, राजन गुरुङ, नविन पौडेल, बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, हर डाँगी, नारायण प्रसाद खनाल, हुम गैरे र पुश्कल शर्माको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  १ : ०७ बजे

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो