अप्रजातान्त्रिक राष्ट्रवादको नतिजा | Khabarhub Khabarhub

अप्रजातान्त्रिक राष्ट्रवादको नतिजा



आजको २१औं शताब्दिमा इतिहासको विभिन्न कालखण्डबाट आफ्नो राष्ट्रको अस्तित्वलाई बचाउँदै राष्ट्रवादको पक्षमा विभिन्न खालको बहस शुरु भएको छ। विभिन्न परिवेशलाई पन्छाउँदै राष्ट्रियतालाई खोज्दै संघर्ष गरिरहेको मुलुक पनि प्रशस्तै पाउन सकिन्छ।

हरेक ब्यक्ति अनुसार राष्ट्रवादको परिभाषा अलि फरक हुन सक्छ, भित्तामा कोरिने कुनै पनि खालको नारा राष्ट्रवाद होईन। राष्ट्रवाद त सुन्दर आत्मामा हुने जीवन्त चेतना हो।

सम्पुर्ण राष्ट्रवासीको प्राण हो राष्ट्रवाद । खासमा यो राष्ट्रवाद सम्बन्धी यो कुरा अहिलेका सीके राउत, राजेन्द्र महतो , केपी ओलीलाई भन्दा पहिलेका भक्ति थापा, अमरसिंह थापालाई बढी थाहा थियो होला।

अहिले सत्तामा रहेका र सत्ताको विरोधमा रहेका कम्युनिस्टहरुले आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी बनाउने प्रतिस्पर्धा नै गरिरहेका जस्तो देखिन्छ । तर, वास्तविकता के हो भने कम्युनिज्ममा राष्ट्रवादका लागि कुनै स्थान नै हुँदैन ।

कम्युनिजममा कुनै राष्ट्र्वाद र राष्ट्रियताको कुनै स्थान हुँदैन । आफुलाई कम्युनिस्ट वा वामपन्थी भन्नेहरु कसैले राष्ट्रवादको नारा लगाउँछन् भने उनीहरु कम्युनिष्ट हुनै सक्दैनन् ।

नेपालका राजनीतिक दल र तिनका नेताहरुको ‘राष्ट्रवाद’ प्रजातान्त्रिक छैन । न त नेपाल नागरिकको राष्ट्रवाद प्रजातान्त्रिक छ । अप्रजातान्त्रिक राष्ट्रवादको लुरो बैशाखी टेकेर सत्तामा होमिएका व्यक्तिहरुले नै नेपाल र नेपालीलाई समयसमयमा कष्ट झेल्न बाध्य पारिरहेका छन् ।

स्वतन्त्र रुपमा राष्ट्रलाई अगाढी बढाएर आत्मनिर्भर गराउने विकास प्रयत्नलाई राजनितिक रुपमा भत्काउने काममा दल नै संलग्न छन। विदेशी स्वार्थका लागि नेपालको मानचित्र नै धुजाधुजा बनाईरहेका छन।

अहिले नेपालको सीमामा भारतको दादागिरी यथावत रहेको छ। सुत्दा नेपाली भएर सुत्छन उठ्दा भारतीय बन्न पुग्छन नागरिकहरु।

पिलरहरु सुटुक्कै सारिँदैछन। सीमामा नेपाली सेनाको कुनै सक्रीय भुमिका छैन। न त सरकारले यसलाई गम्भिरतापुर्वक लिएको छ । सीमा विवाद हटाएर भूमि फिर्ता गर्न अहिलेसम्म सरकारले कुटनितिक पहल गर्न सकेको छैन।

हाम्रा राजनेताहरुमा राष्ट्रवाद कतिसम्म गिरेको छ भन्ने प्रमाण यहाँभन्दा बढी आवश्यक नपर्ला सायद।

बिदेशिले चलखेल गर्ने भूमि त संसारमा थोरै मात्र छन। तिमध्ये अग्रस्थानमा आउँछ नेपाल। हामी प्रत्यक्ष रुपमा देख्न सक्छौ नेपालका सबै राजनितिक दलको गतिविधी तथा सिद्धान्तहरु भारतीय इशारामा संञ्चालित छ । भारतले केही दिएको कारण उसप्रतिको मनोबैज्ञानिक झुकावले आफ्नो राष्ट्रप्रतिको भक्तिभाव गौणस्थानमा पुगेको देखिन्छ ।

हुन त नेपाल ईन्डिया- सरकारसँगको सम्बन्ध मैत्रीपूर्ण नै पाउन सकिन्छ। अनौपचारिक रुपमा एकले अर्कालाई सहयोग गरिरहेका पनि छन। यस्ता सम्बन्ध दुई पक्षीय सन्धी सम्झौताहरु समझदारी पत्रहरु र बिज्ञप्ति जस्ता लिखित दस्तावेजमा आधारित छन।

समय सापेक्ष त्यस्ता दस्तावेजहरु परिवर्तन गरिराख्नु पर्ने हुन्छ जुन हुन सकिरहेको छैन ।

दुई सरकारबीचको सम्बन्धलाई विश्लेषण गरेर हेर्दा नेपालको सम्बन्ध इन्डियाको अरु छिमेकी राष्ट्रसंगको सम्बन्धभन्दा नेपालकसँगको सम्बन्ध राम्रो छ। तर एक देशले अर्को देशको स्वतन्त्रता तथा सार्वभौमिकताको सशक्त रुपमा सम्मान गरिरहेका बेला र दुई देशबिच यसरी सुमधुर सम्बन्ध कायम भईराखेको बेला इन्डिया स्वंयमले नेपाललाई किन यसरी बेलाबेलामा दु:ख दिइरहेको छ?

किन नाकाबन्दी लगायो? अहिले किन नेपालको भूमी आफुले हडप्न खोज्यो? यी प्रश्न हरु अझै अनुत्तरित छन्।

अप्रजातान्त्रिक राष्ट्रवादले पतनको बाटो सिर्जना गराउदछ। देश बेच्ने फर्मुलाको आविष्कार गर्न सक्छ। आफ्नो राजनितिक चेतनालाई रड्डिको टोकरिमा फालेर बिदेशी इशारामा चल्न विबश बनाउँछ।

आफूमा भएको राजनीतिक दलको ढुलमुले नीतिले दक्षिणको हस्तक्षेप र प्रभाव बढ्यो। हामी भारतले दु:ख दियो भनेर चिन्तित छौ, हामी नाकाबन्दी लगायो भनेर भारतलाई गाली गर्दछौ, भूमी मिच्यो भनेर भारतीय राजदुतावास घेराउ गर्न पनि पछि पर्दैनौ तर दोष चोरको होईन चोरलाई पस्न ढोका खोलिदिनेको हो।

राष्ट्रवाद जोगाउन स्वतन्त्र स्वाभिमानी हुन आवश्यक हुन्छ तर स्वतन्त्र स्वाभिमानी दल भएर बस्दा राज्य चलाउन र कुर्सी जोगाउन गार्हो पर्दछ भन्ने लघुताभास नेपाली दलहरुमा बिद्धमान छ।

इन्डियन दलहरुको नेपालप्रतिको नीति मिश्रित बताईएको छ। उनीहरुमध्ये अधिकांशले नेपाल एउटा स्वतन्त्र सार्वभौम देशको रुपमा हेर्न चाहे पनि आफ्नै ईशारामा चलुन भन्ने नियत राखेको पाईएको छ।

भारतको प्रशासन संयन्त्र बलियो र दिगो छ भने नेपालको फितलो र कमजोर छ। यसकारणले पनि नेपालका समस्या काचैँ रहन्छन र समयमै समाधान हुन सक्दैनन्।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ८ : ४८ बजे

सुनचाँदीको मूल्य बढ्यो,  कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट

सांसद्‌हरू भन्छन्‌ – ‘निजी क्षेत्रलाई विद्युत प्रसारणलाइनमा पनि संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको