अण्डाको लागतअनुसार मूल्य कायम गर्न किसान र व्यसायी सहमत | Khabarhub Khabarhub

अण्डाको लागतअनुसार मूल्य कायम गर्न किसान र व्यसायी सहमत


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल दाना, अण्डा, कुखुरा वितरक सङ्घ केन्द्रीय समितिले अण्डाको नयाँ मूल्य कायम गरेको छ । सङ्घले सोमबार काठमाडौँमा आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा किसान र व्यवसायी बीचको सहमतिपछि नयाँ मूल्य कायम गरिएको हो ।

नयाँ मूल्यअनुसार अबदेखि उपभोक्ताले प्रतिगोटा १२ रुपैयाँमा अण्डा पाउनेछन् । सोमबार कायम भएको नयाँ मूल्य अनुसार बिक्रीवितरण नगर्नेलाई कारवाही गर्ने संघले जनाएको छ । नयाँ मूल्य सोमबारबाटै लागू गर्न व्यवसायीको तर्फबाट सूर्यमान शाक्य र किसानको तर्फबाट पिताम्बर सञ्जेलको संयोजकत्वमा अलग अलग ७–७ सदस्यीय समिति गठन गरिएको छ ।

किसानहरुले लामो समयदेखि अण्डाको उचित मूल्य नपाउँदा व्यवसायी धरासीय हुँदै गएकाले नेपाल दाना, अण्डा, कुखुरा वितरक संघले काठमाडौँमा आम उत्पादक, सप्लार्यसहरु भेला गरेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए ।

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका पाण्डेले बताए । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष अर्जुन अर्यालले आफै अग्रसर भएर मूल्य वृद्धि गरिएको र यसलाई कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी किसान तथा सप्तार्यसहरुले अण्डा संघको विवादमा पक्ष विपक्ष हुदाँ समग्र पोल्ट्री क्षेत्रलाई असर गरेको निष्कर्षसमेत निकालेका छन् । मूल्य निर्धारण र अनुगमनका लागि सर्वपक्षिय समिति समेत गठन गरेका छन् ।

यसअघि भदौँ ३१ गते सोही संघले चितवनमा देशव्यापी रुपमा उत्पादक, सप्लार्यस, वितरकहरुको भेला राखी घटेर २२० रुपैया पुगेको अण्डाको प्रति क्रेट मूल्यलाई वृद्धि गरि २५० रुपैयाँ किसानको मूल्य कायम गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : १५ बजे

अर्थ र उर्जामन्त्रीलाई भेटेर मुख्यमन्त्री कँडेलले राखे कर्णालीका छ बुँदे माग

काठमाडौं‍– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री बर्षामान पुन र

राष्ट्र बैंकले टकमरी गर्‍यो ३१ करोड थान सिक्का, नयाँ नोट नौ करोड थान

काठमाडौं – नेपाल राष्ट्र बैंकले मुद्रा व्यवस्थापन अन्तर्गत ३१ करोड

तरलता सहज भएको छ, आर्थिक गतिविधि बिस्तारै बढ्छ : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु खाता र

एकीकृत समाजवादीले तल्लो तहको सुझाव दस्तावेजमा समावेश गर्ने

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजलाई साझा

‘खुस्मा’को दोस्रो चरणको छायांकन रुकुमको मैकोटबाट सुरु

काठमाडौं– अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य