जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँप « Khabarhub
Logo
२३ मंसिर २०७८, बिहीबार

जन्मदिनमा प्रधानमन्त्रीले रोपे आँप



जन्मदिनको अवसरमा विरुवा रोप्दै प्रधानमन्त्री दम्पती । तस्वीर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आँपको विरुवा रोपेर आफ्नो जन्मदिन मनाएका छन् ।

६८ औं जन्मोत्सवको अवसरमा प्रधानमन्त्रीले बालुवाटारमा परिसरमा स्थानीय नर्सरीबाट ल्याएको आँपको विरुवा रोपेका हुन् । सोही अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् ।

प्रधानमन्त्री ओलीले जन्मदिनको अवसरमा केक पनि काटेका छन् । उनले पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई बर्थडे केक खुवाएका थिए । प्रधानमन्त्री ‌ओलीको जन्मदिन मनाउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि बालुवाटार पुगेका थिए।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिएका हुन्।


भर्खर

0