बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीले मागे माफी | Khabarhub Khabarhub

बैठकमा ३ मिनेट ढिला पुग्दा मन्त्रीले मागे माफी


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसदीय बैठकमा तीन मिनेट ढिला पुगेपछि जापानका ओलम्पिक मन्त्रीले माफी माग्न बाध्य भएका छन् । जापानको ओलम्पिक मन्त्री योशिताका साकुरादा बिहीबारको संसदीय बैठकमा तीन मिनेट ढिला पुग्दा सार्वजनिकरुपमा माफी मागेका हुन् ।

यता जापानका विपक्षी नेताहरुले भने उनी बैठकमा ढिला आएर ओलम्पिक मन्त्रालयको बेइज्जत गरेको भन्दै उनको राजीनामा माग गरेका छन् । उनी ढिला आएको बदलामा विपक्षी दलका सांसद्हरुले संसद्को बजेट समितिको बैठक बहिष्कार गरेका थिए ।

गत साता उनले ओलम्पियन रिकाको इकीलाई रगतको क्यान्सर भएपछि उनीबाट स्वर्ण पदकको आशा सकिएको जनाएका थिए । उनले मानवतालाई भन्दा पनि स्वर्ण पदकलाई महत्व दिएको भन्दै त्यसबेला पनि विपक्षीले उनको आलोचना गरेका थिए । त्यसअघि साइबर सुरक्षा मन्त्री समेत रहेका उनले गत वर्ष आफूले हालसम्म कम्प्युटर नचलाएको बताएपछि पनि उनी चर्चित बनेका थिए ।

जापानको राजधानी टोकियोले सन् २०२० मा ओलम्पिक खेलकुदको आयोजना गर्दैछ । त्यसैका लागि उनलाई गत अक्टोबरमा ओलम्पिक मन्त्री नियुक्त गरिएको थियो । जापानमा समयलाई अति नै महत्व दिने गरिन्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : २९ बजे

गर्मी बढेपछि बङ्गलादेशका सबै विद्यालय बन्द : तीन करोड बढी विद्यार्थी प्रभावित

काठमाडौं – बङ्गलादेशमा अत्यधिक गर्मी भएपछि तीन दिनको लागि सबै

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक

कुकुरले किन खुट्टा उचालेर पिसाब फेर्छ ? यस्तो छ कारण

कुकुरले एउटा खुट्टा उचालेर पिसाब फेरेको त हामी धेरैले देखि

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै

काठमाडौं – आजदेखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै