मातृ तथा शिशू स्वास्थ्य सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री यादव | Khabarhub Khabarhub

मातृ तथा शिशू स्वास्थ्य सरकारको पहिलो प्राथमिकता: स्वास्थ्यमन्त्री यादव


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मातृ तथा नवजात शिशुको मृत्युदर घटाउन सरकारले प्रसूति सेवाको पहुँचको सुनिश्चितता गरेको बताएका छन् ।

शुक्रबार थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको वार्षिकोत्वसमा स्वास्थ्य मन्त्री यादवले आमा सुरक्षा कार्यक्रमले सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता गरेको बताएका हुन् ।,

“स्वास्थ्य सबै संयन्त्रको पहिलो प्राथमिकता मातृ तथा नवशिशु मृत्युदरमा उल्लेखनीय सुधार ल्याउने भन्ने छ, ”, मन्त्री यादवले भने, “आमा सुरक्षा कार्यक्रम सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।”

सेवाको पहुँचमा नभएका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार कार्यक्रम मार्फत सहयोग गरेको मन्त्री यादवको भनाइ छ । ।

मन्त्री यादवले दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्था बलियो र प्रभावकारी बनाउन जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारको विकास गर्ने बताए ।

२०१६ सालमा स्थापना भएको प्रसूती अस्पतालमा हाल दैनिक ६० भन्दा बढी महिलाले सुत्केरी गराउने गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ६ : ३४ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा