रोजगारीको खोजीमा साउन महिनामा साढे ३२ हजार विदेसिए, ६० को मृत्यु | Khabarhub Khabarhub

रोजगारीको खोजीमा साउन महिनामा साढे ३२ हजार विदेसिए, ६० को मृत्यु


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागत र व्यक्तिगत गरी ३२ हजारभन्दा धेरै नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् ।

साउन महिनामा संस्थागत (म्यानपावर कम्पनी) मार्फत १५ हजार ६ सय १८ जना र व्यक्तिगत १६ हजार ७ सय ९० जना गरी ३२ हजार ४ सय ८ जना विभिन्न देश वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगारी विभागले सार्वजानिक गरेको तंथ्याकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष सुरु भएको पहिलो महिनामा संस्थागतभन्दा व्यक्तिगत रुपमा धेरै कामदार कामको खोजीमा विदेशिएको विभागको तंथ्याकमा उल्लेख गरिएको छ ।

साउनमा महिनामा संस्थागतभन्दा व्यक्तिगत १ हजार १ सय ७२ जना धेरै कामको खोजीमा विभिन्न देश श्रम स्वीकृति लिएर गएका छन् ।

साउन महिनामा संस्थागतमार्फत २ हजार ८ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तंथ्याकमा छ । यस्तै, व्यक्तिगत १ हजार ४ सय ४२ जना महिला विभिन्न देश कामको खोजीमा गएका छन् ।

साउन महिनामा सवै भन्दा धेरै नेपाली रोजगारीको खोजीमा युएई गएको विभागका तंथ्याकमा छ । यो महिनामा ५ हजार ३ सय ९७ जना पुगेका छन् । यस्तै युएईपछि धेरै रोजगारीका खोजीमा नेपाली साउदी अरब गएको विभागको तंथ्याकमा छ । साउदी ३ हजार १ सय ८१ जना साउदी रोजगारीका लागि गएका छन् ।

साउदीपछि धेरैको रोजाइमा मलेसिया परेको छ । मलेसिया साउन महिनामा २ हजार ७ सय १४ जना रोजगारीका लागि गएको विभागको तंथ्याकमा छ । यस्तै कतार २ हजार २ सय १ जना, कुवेत ९ सय ३८ जना, बहराइन २ सय २९ जना, साइप्रस १ सय ८२ जना, जापान १२ जना, जोर्डन ३ सय ५२ जना, ओमन १ सय ४८ जना, माल्टा १३ जना गरि ३२ हजार ३२ हजार ४ सय ८ जना कामको खोजीमा विदेशीएको विभागको तंथ्याकमा छ ।

विगत सात महिनायता वैदेशिक रोजगारीम जाने संख्या साउन महिनामा न्युन भएको विभागको तंथ्याकले देखाएको छ । गत वर्ष वैदेशिक रोजगारीमा ५ लाख ८८ हजार २८ जना गएका विभागको तंथ्याकमा छ ।

६० जनाको मृत्यु

साउन महिना वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा ६० जना ज्यान गुमाएका छन् । ५८ जना पुरुष र २ जना महिला गरी ६० जनाले रोजगारदाता देशमा कार्यक्षेत्रमा मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयको तंथ्याकमा उल्लेख छ ।

साउन महिनामा सबै भन्दा धेरै मलेसियामा १७ जनाले ज्यान गुमाएका छन् । मलेसियापछि साउदीमा एक महिला र १३ जना पुरुष गरी १४ जनाले ज्यान गुमाएका छन् । यस्तै कतारमा ८, युएईमा १० जना पुरुष र १ जना महिला गरी ११ जना, ओमनमा २ जना, कुवेतमा ४ जना, दक्षिण कोरियामा २ जना, बहराइनमा १ जना गरी ६० जनाको मृत्यु भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : ४४ बजे

प्रधानमन्त्री प्रचण्ड र एडीबीका उपाध्यक्षबीच भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक(एडीबी)का उपाध्यक्ष

कर्णालीमा आगलागीबाट ५५ जनाको मृत्यु

काँक्रेविहार– कर्णाली प्रदेशमा विगत चारवर्षमा आगलागीबाट ५५ जनाको मृत्यु भएको

कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई

प्रधानमन्त्री दाहाल मोरङमा

सुन्दरहरैचा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुगेका छन्

बीए पहिलो वर्षमा फेल भइन् शान्ता चौधरी, पास हुनेलाई दिइन् बधाई

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी पूर्वसांसद शान्ता चौधरी बीए पहिलो