‘साइनो’ को गीतमा नीताको आइटम डान्स | Khabarhub Khabarhub

‘साइनो’ को गीतमा नीताको आइटम डान्स


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’को आइटम गीत सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘क्या बात छ’ बोलको गीतमा मीना निरौलाको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा यमन सुवेदीको शब्द तथा किरण भुसालको संगीत रहेको छ ।

गीतको भिडियोमा नायिका नीता ढुंगानाले राजकुमार र राजा राजेन्द्र पोखरेलसँग कम्मर मर्काएकी छिन् ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा बनेको यो फिल्ममा रमेश थापाको निर्देशन छ । यस्तै फिल्ममा मिरुना मगर, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुले समेत अभिनय गरेका छन् ।

साउन २४ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा अभिमन्यु निरवीको कथा रहेको छ । त्यसै गरी फिल्ममा रामेश्वर कार्कीको छाँयांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  ५ : ३३ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना