हेटौंडामा भारतीय ट्रक पल्टिँदा ८ वटा गाडी ठोक्किए– २ जनाको मृत्यु, ८ जना घाइते | Khabarhub Khabarhub

हेटौंडामा भारतीय ट्रक पल्टिँदा ८ वटा गाडी ठोक्किए– २ जनाको मृत्यु, ८ जना घाइते


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो ।

मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ट्रक पल्टिएपछि सडकमा सवार करिब ८ वटा सवारीसाधन ठोक्किएका प्रहरीले जनाएको छ ।

डिएसपी भट्टराईका अनुसार अनियन्त्रित भएर पल्टिरएको ट्रकले ठक्कर दिँदा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी घर भएका ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मृत्यु भएका अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।

घाइते भएका ८ जनाको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  २ : ४४ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम