भिसिटिएसको विरोधमा व्यवसायीबाट हेटौंडा बजार बन्द | Khabarhub Khabarhub

भिसिटिएसको विरोधमा व्यवसायीबाट हेटौंडा बजार बन्द


७ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर उद्योग बाणिज्य संघको आह्वानमा व्यवसायीले आज हेटौँडा बजार बन्द गरेका छन् ।

सरकारले आर्थिक वर्ष ०७६/०७७ बाट लागु गर्न लागेको भिसिटिएस तथा अन्य करको विरोधमा संघको आह्वानमा आज बजार बन्द भएको हो ।

संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको भेलाले सरकारको निर्णय सच्याउन दबाब स्वरुप बजार बन्दको आव्हान गरेको हो ।

सरकारले कार्यान्वयन गर्न खोजेको कर नीति जस्ताको तस्तै पूर्ण रुपमा पालना गर्न नसकिने भएकाले विरोध गर्नु परेको संघको भनाई छ ।

बजार बन्द गर्न व्यवसायीहरुले बिहान र्‍याली समेत निकालेका थिए । संघमा आबद्ध विभिन्न वस्तुगत समितिले समेत बन्दको समर्थन गरेका छन् ।

आकस्मिक रुपमा बजार बन्द हुँदा किनमेलका लागि आएका उपभोक्ताहरु भने मारमा परेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार  २ : ०५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम