इथियोपियाका प्रधानसेनापतिको ज्यान लिए उनकै अंगरक्षकले | Khabarhub Khabarhub

इथियोपियाका प्रधानसेनापतिको ज्यान लिए उनकै अंगरक्षकले


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियाका प्रधानसेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले ज्यान लिएका छन् ।

राजधानी अदिस अबाबामा अंगरक्षकले नै प्रधानसेनापतिको गोली हानी हत्या गरेको एक टेलिभिजनमार्फन इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले पुष्टि गरेका हुन् । उक्त गोलीकाण्डमा अम्हारा राज्यका अध्यक्ष अम्बाचे मेकोन्नेन र अरु केही उच्च अधिकारीहरुको पनि हत्या भएको बताइएको छ ।

संयुक्तराज्य अमेरिकाको दूतावासले राजधानी आदिस अबाबाका विभिन्न भागमा गोली चलेको जनाएको छ । घटनापछि इथियोपियाको इन्टरनेट सेवा देशैभर बन्द गरिएको जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा अम्हारामा भएको सैनिक विद्रोह असंवैधानिक रहेको शान्ति व्यवस्था खल्बल्याउन खोजिएको उल्लेख छ । मुलुकका नौ वटा स्वायत्त क्षेत्रमध्ये अम्हारा दोस्रो ठूलो क्षेत्र हो । यसको सीमा सुडानसँग जोडिएको छ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ४ : ५८ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका