श्रृङ्खलाबद्ध सिरिन्ज आक्रमण: प्रहरी भन्छ– आत्तिनु पर्दैन | Khabarhub Khabarhub

श्रृङ्खलाबद्ध सिरिन्ज आक्रमण: प्रहरी भन्छ– आत्तिनु पर्दैन



काठमाडौं– पछिल्लो केही साता यता राजधानीमा एकाएक अनौठा घटना देखिए – सिरिन्ज आक्रमण । जुन घटनाले युवती तथा महिलामाझ त्रास फैलायो ।

प्रहरीमा परेको उजुरी अनुसार, विशेष गरी युवती लक्षित ‘सिरिन्ज’ आक्रमणका घटनाहरु भएका छन् । दुई साताको अवधिमा राजधानीमा ५ महिलामाथि अज्ञात व्यक्तिले सिरिन्ज आक्रमण गरेको प्रहरीमा उजुरी परेको छ ।

घटना नम्बर १ : २०७६ जेठ १८ गते राति करिव साढे १० बजे काठमाडौं ढल्कुकी २३ वर्षीया एक युवती कुकुर डुलाउँदै घरबाहिर निस्किएकी थिइन् । यत्तिकैमा पछाडिबाट मोटरसाइकलमा आएका अज्ञात ब्यक्तिले उनलाई तिखो बस्तुले कोखामा घोचेर फरार भए । त्यसलगत्तै डराएर घर फर्केकी ती महिलाको कोखामा घाऊसहित रगत बगेको देखिएको थियो ।

घटना नम्बर २ : २०७६ जेठ ३२ गते राति १० बजे काठमाडौं पकनाजोलका २५ र ३२ वर्षीया दुई नातेदार दिदीबहिनी घर बाहिर निस्किएका थिए । अघिल्लो घटना झैं पछाडिबाट मोटसरसाइकलमा आएका अज्ञात ब्यक्तिले एक साथ दुई जनालाई नै तिखो बस्तुले घोचेर फरार बने ।

शुरुमा मोटरसाइकलको ह्यान्डिल लागेको भन्ठानेका ती दिदीबहिनीले पछिमात्र थाहा पाए, शरीरमा तिखो बस्तुले घोचेर रगत आएको रहेछ । दुबै घटनाका पीडित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट चिकित्सकको निगरानिमा उपचाररत छन् ।

घटना नम्बर ३ र ४ : २०७६ जेठ २० गते र २९ गते पनि दुईवटा यस्तै प्रकृतिका घटना भएको भेटिएको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूमा दुई दिन अघि मात्र यो विषयमा उजुरी पुगेको थियो । बृत्तका प्रमुख डीएसपी लालध्वज सुवेदीका अनुसार, एक युवतीले आफू श्रीमानसँग हिँडिरहेकै अवस्थामा मोटरसाइकलमा आएको मान्छेले तिखो बस्तुले घोचेर बेपत्ता भएको भन्दै उजुरी दिएकी थिइन् भने अर्की अविवाहित युवतीले भने साथीहरूसँग हिँडिरहेका बेला मोटरसाइकलमा आएको अपरिचितले पाखुरामा घोचेर फरार भएको बताएकी थिइन् ।

एकै महिनाको अवधिमा ४ स्थानमा ५ जना युवतीमाथि भएको आक्रमण सिरिन्जबाट भएको र नियतवस रोगको संक्रमण गराउन भएको हुनसक्ने अनुमान गरिएको छ ।

यद्यपि आक्रमणमा प्रयोग भएको वस्तु के हो भनी यकिनका साथ नखुलेका कारण आक्रमण किन गरियो भन्ने बारे वास्तविकता बाहिर आउन सकेको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाका अनुसार सिरिन्जबाटै आक्रमण भएको हो भने रोग सार्न वा संक्रमण गराउने उद्देश्यले हुनसक्ने बताउँछन् ।

डा. बास्तोलाका अनुसार यसअघि पनि सोही प्रकृतिको एक घटना भएको थियो । उनीहरुलाई रोगको संक्रमणबाट जोगाउन आवश्यक उपचार र खोप लगाइएको थियो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदी युवतीमाथि सिरिन्ज आक्रमणको उजुरी आएकाले सिसिटिभि फुटेजका आधारमा अनुसन्धान अगाडि बढाएको बताउँछन् । प्रहरीका अनुसार सबैजसो घटना कालीमाटी–ढल्कु क्षेत्रमा राति ९ देखि १० बजेको अवधिमा भएको देखिन्छ  ।

पाँचवटै घटनामा पैदल हिँडिरहेका बेला मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले सुई जस्तै तिखो वस्तुले घोच्ने र फरार हुने समान प्रवृत्ति देखिन्छ । उनका अनुसार, तिखो वस्तुले घोचेको देखिए पनि सुई भन्ने पुष्टि भने भइसकेको छैन । दोषीलाई चाडैं कानूनी कठघरामा उभ्याउने बताउँदै टेकुका प्रमुख एसएसपी सुवेदीले यो घटनालाई चुनौतीका रुपमा नलिन समेत सचेत गराएका छन् ।

आक्रमणमा प्रयोग भएको वस्तु सिरिन्ज नै हो भनि प्रमाणित नभए पनि बजारमा भने अहिले ठूलै हल्ला फैलिएको छ । विशेषतः युवती र महिलाहरु त्रसित देखिएका छन् । कतिपयले एड्सको जीवाणु सार्न खोजिएको हो कि भन्दै सामाजिक सञ्जालहरुमा आशंका व्यक्त गरिरहेका छन् ।

अधिकांश घटना रातिको समयमा भएको भन्दै प्रहरीले रातको समयमा हिँड्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

पाँचवटा सिरिन्ज जस्तो वस्तुबाट भएका घटना सार्वजनिक भएपछि काठमाडौंबासी त्रासमा छन् । त्यसैले प्रहरीले चाँडोभन्दा चाँडो घटनाको गहिराइमा पुगेर सत्यतथ्य बाहिर ल्याउन आवश्यक छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ०८ बजे

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त