औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा | Khabarhub Khabarhub

औषधिको रानी मानिने कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदा


८ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।

नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ ।

उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको भनेर चर्चा गरेको छ ।

कुरिलोको सेवन पीडा कम गर्न मात्र नभएर स्तनपान गराइरहेका महिलाको दुधको मात्रा बढाउन, पिसाब पोल्ने समस्या हटाउन, कामोत्तेजना वृधदिका लागी, अनिद्रा, भोक नलाग्ने समस्या, पाचन प्रणालीमा सुधार, पेटको ट्युमर, घाँटीमा भएको संक्रमण ब्रोंकाइटिस लगायतका रोगको उपचारका लागि कुरिलो उत्तम मानिन्छ ।

यी रोगको उपचारका लागि कुरिलोको जरा तथा काण्ड दुबै प्रयोग गरिन्छ । अंग्रेजीमा Asparagus भनिने Asparagus racemosus वानस्पतिक नाम भएको कुरिलोलाइ संस्कृतमा शतावरी भनिन्छ ।

प्रकाशित मिति : ८ असार २०७६, आइतबार  ५ : ५७ बजे

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्