प्रदेश ३ सरकारले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने | Khabarhub Khabarhub

प्रदेश ३ सरकारले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश ३ सरकारले ११ औं गणतन्त्र दिवस भव्य रुपमा मनाउने भएको छ । गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा समिति नै गठन गरिएको छ । प्रदेश नं ३ को हेटौँडामा जेठ १४, १५ र १६ गते मनाइने कार्यक्रमका लागि मुख्यमन्त्री पौडेलको अध्यक्षतामा ४११ सदस्यीय गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ ।

समारोह समितिलाई सहयोग पुर्‍याउन विभिन्न पाँच उपसमिति पनि गठन गरिएको छ । प्रचारप्रसार उपसमितिको संयोजकमा आन्तरिक मामिला तथा कानून सालिकराम जम्कट्टेल रहेका छन् । अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने उपसमितिको संयोजकमा सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रभातफेरी एवं सजावट उपसमितिको संयोजकमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल छन् ।

हेटौँडा नगरको सरसफाइको उपसमितिको संयोजकमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र मञ्च सजावट र व्यवस्थापनको उपसमितिको संयोजकमा मकवानपुरका प्रजिअ आस्मान तामाङ छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ८ : ३९ बजे

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान बस्दैछ। बैठक

आज अक्षय तृतीया 

काठमाडौँ– वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि

देशका केही स्थानमा मेघगर्जन-चट्याङसहित वर्षा

काठमाडौं–  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

संघीय संसद् अधिवेशन आजदेखि

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन

आज २०८१ साल वैशाख २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २८ गते शुक्रबार तदनुसार