कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट केन्द्रमै फिर्ता | Khabarhub Khabarhub

कम्प्युटर चलाउन नजान्ने कर्मचारी स्थानीय तहबाट केन्द्रमै फिर्ता


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका छन्। काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाले १७, भक्तपुर नगरपालिकाले १४, ललितपुरको गोदावरी नगरपालिकाले तीन र काभ्रेको धुलिखेल नगरपालिकाले पाँच कर्मचारी फिर्ता गरेको नयाँ पत्रिकामा खबर छ ।

त्यस्तै, सर्लाहीको बलरा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका तथा काठमाडौंका नागार्जुन र टोखा नगरपालिकाले एक–एक कर्मचारी फिर्ता पठाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

धुलिखेल नगरपालिका प्रमुखसमेत रहेका नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जूले दरबन्दीअनुसार नमिलेका र प्राविधिक ज्ञान नभएका कर्मचारी फिर्ता गरिएको बताए। ‘हामी कर्मचारी समायोजनको विषयमा सन्तुष्ट छैनौँ। नगरपालिकामा त कम्प्युटर जान्ने कर्मचारी चाहिन्छ। कम्प्युटर नै चलाउन नजान्ने कर्मचारी पठाएर हुन्छ ? नगरपालिकामा सातौँ तहको लेखापालको दरबन्दी नै छैन। दरबन्दी नै नभएको कर्मचारी पठाएर हुन्छ ? त्यसैले हामी छानीछानी राख्छौँ, अरू फिर्ता पठाउँछौँ,’ अध्यक्ष व्याञ्जूले भने।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले भने पर्याप्त कर्मचारी रहेका तथा प्राविधिक जनशक्ति आवश्यक भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएको बताए। ‘पर्याप्त कर्मचारी भएका स्थानीय तहले कर्मचारी हाजिर नगराएका हुन्। केही स्थानीय तहलाई प्राविधिक कर्मचारी आवश्यक भएको, तर केन्द्रबाट प्रशासनिक कर्मचारी गएकाले पनि हाजिर नगराएका रहेछन्,’ सचिव कोइरालाले भने, ‘फिर्ता गरिएका कर्मचारीलाई कहीँ न कहीँ राखिन्छ।’ त्यस्ता कर्मचारीको लगत मन्त्रालयले गत २२ वैशाखदेखि राख्न थालेको छ।

पाँचथर घटना : प्रहरीलाई आफन्तको प्रश्न- एक्लो व्यक्तिले नौजनाको हत्या कसरी गर्‍यो ? शीर्षकको समाचारमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटे हत्याकाण्डमा मारिएकाका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। दुई परिवारका नौजनाको हत्या एकजनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरूको आरोप छ। एक साताअघि धनराज शेर्माको घरमा नुनमा सिसा मिसाएर तरकारीमा हालिएको घटनालाई समेत प्रहरीले नजरअन्दाज गरेको आफन्तको गुनासो छ।

शान्ता लिम्बूले एकै व्यक्तिबाट यति ठूलो जघन्य अपराध हुन नसक्ने दाबी गरिन्। अर्का आफन्त मिक्लाजुङ–२ का प्रेमकुमार राईले सिसाकाण्डमाथि प्रहरी गम्भीर नबन्दा हत्याकाण्ड निम्तिएको बताए। ‘सिसाकाण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्दा सामूहिक हत्याकाण्ड भएको छ। छानबिनको प्रगति हामीलाई जानकारी नगराएसम्म शव जिम्मा लिँदैनौँ,’ प्रेमकुमारले भने।

जुम्लामा सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ शीर्षकको समाचारमा जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन्। जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक यमुनाकुमार श्रेष्ठसमेत छन्। उनीहरूलाई केही दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले बतायो।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ६ : ३७ बजे

पूर्वाञ्चल विश्वविद्यालयकाे १२औँ दीक्षान्त समारोह : सात हजार विद्यार्थी दीक्षित

सुन्दरहरैँचा– पूर्वाञ्चल विश्वविद्यालयको १२०औँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा

भोजपुर गोल्डकप : चर्च ब्जाइज फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

भोजपुर – भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले  वेस्ट इन्डिज ए विरुद्धको टी-२०

अमेरिकाले भन्यो : युक्रेन युद्धमा चीनले नसघाएको भए रुस टिक्ने थिएन

अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले युक्रेन युद्धमा रुसलाई चीनले दिएको

रूपान्तरणका लागि ‘डिजिटल डिपार्चर’ को विकल्प छैन : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मुलुकको अग्रगामी