चैत महिनामा ४५ हजार कामदार विदेशिए, २५ हजार बढी अदक्ष | Khabarhub Khabarhub

चैत महिनामा ४५ हजार कामदार विदेशिए, २५ हजार बढी अदक्ष


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– गएको चैत महिनामा संस्थागत र व्यक्तिगत गरी वैदेशिक रोजगारीमा ४४ हजार ९ सय ५ जनाले श्रम स्वीकृति लिएर गएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा २ हजार ७ सय १९ जना महिला र ४२ हजार १ सय ८६ जना पुरुष खाडी लगायतका देश श्रम स्वीकृति लिएर गएका छन् ।

जसमा २५ हजार १ सय ६० जना अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको विभागले सार्वजानिक गरेको पछिल्लो तंथ्याकमा उल्लेख छ ।

चैत महिनामा २ हजार ७ सय १९ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । १६ हजार ८९ जना दक्ष कामदार र ३ हजार ४ सय अर्धदक्ष कामदार रोजगारीको खोजीमा विभन्नि देश गएको विभागको तंथ्याकमा उल्लेख छ ।

वैदेशिक रोजगारमा करिब ६० प्रतिशत युवा अदक्ष जाने गरेका छन् । ठूलो संख्यामा अदक्ष कामदार खाडीका देश र मलेसिया रोजगारीका लागि जाने गरेका छन् ।

मलेसियाको रोजगारी बन्द भएपछि नेपाली युवाहरुको गन्तव्य देश कतार बनेको छ । चैत महिनामा रोजगारीका लागि कतार १७ हजार कामदार गएको विभागको तथ्यांकमा उल्लेख छ ।

कतारपछि साउदी, युएई, बहराइन, ओमन, कुवेत लगायतका देशमा धेरै नेपाली रोजगारीका लागि गएका छन् । पछिल्लो समय खाडीका देशको विकल्पममा जापान, क्यानडा, इजिप्ट लगायतका विभिन्न देश रोजगारीका लागि नेपाली युवा जाने गरेको विभागको तंथ्याकमा उल्लेख छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ४ : २३ बजे

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक

पोखरामा आजदेखि एसिया कप ट्रायथोलन प्रतियोगिता हुँदै

कास्की– देशको पर्यटकीय राजधानी सहर पोखरामा आजदेखि ‘एसिया कप तथा