समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति | Khabarhub Khabarhub

समितिकी सभापतिको कार्यशैलीप्रति सदस्यहरुबाट आपत्ति


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने गरेको उल्लेख गर्दै आपत्ति जनाएकी हुन् । समितिको बैठकमा आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।

तर, समितिकी सदस्य कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी आफूहरुलाई बोल्न समेत दिने नगरेको भन्दै समितिको सदस्यबाट राजीनामा दिने चेतावनी समेत दिइन् । समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धी गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति भट्टले आफूलाई जानकारी नदिएको समितिकी सदस्य कुमारीको आरोप छ ।

संघीय समाजवादी फोरम, नेपालकी सांसद उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको भन्दै सभापति भट्टलाई प्रश्न पनि गरिन् ।

समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले राजनीतिक प्रभावमा परेर सभापति भट्टले प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसद समेत रहेका उनले राजनीतिक आस्थाको आधारमा अघि बढ्ने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्वीकार्य नहुने चेतावनी दिए ।

भट्ट काँग्रेसको तर्फबाट समितिको सभापतिमा चयन भएकी हुन् । उनीमाथि राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरुको आरोप छ । यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्य योजना तय नगरेको दावी गरे । उनले पक्ष, प्रतिपक्षमा नलागी आफूले सबैलाई सहभागी गराएर समितिको आगामी कार्ययोजना तय गरिरहेको पनि बताए ।

समितिकी सभापति भट्टले समितिका सबै सदस्यहरुको उपस्थितिमा कार्य योजना तय गर्न आफू लागि परेको दाबी गरिन् ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : ०२ बजे

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको