म्यान्मारको जेलमा रहेका २ पत्रकारको अपिल खारेज | Khabarhub Khabarhub

म्यान्मारको जेलमा रहेका २ पत्रकारको अपिल खारेज


१० बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्मार– म्यान्मारको सर्वोच्च अदालतले २ जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ ।

रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई ७ वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन् ।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै अब जेलमुक्त हुन उनीहरुलाई राष्ट्रपतिले माफी दिन सक्ने बाटो बाँकी छ ।

उनीहरुमाथि द्वन्द्वग्रस्त राज्य राखिनमा सैनिक कार्यबाहीसँग सम्बन्धित गोप्य दस्ताबेज राखेको आरोप छ । राखिन राज्यमा सेनाको चरम दमनबाट सात लाख ४० हजारभन्दा बढी मुस्लिम समुदायका मानिसहरु रातारात बंगालदेशतर्फ पलायन भएका थिए ।

पत्रकारका समर्थकहरुको भनाईमा सन् २०१७ को सेप्टेम्बरमा राखिन राज्यमा १० जना रोहिङ्ग्या मुस्लिमको चरम दमन र आमहत्यामा म्यान्मार सेनाको संलग्नताको प्रमाण उनीहरुसँग रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  ३ : १५ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड