प्रधानमन्त्री ओलीप्रति कांग्रेस नेताको आक्रोश, सबै अधिकार केन्द्रिकृत गरेको आरोप | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीप्रति कांग्रेस नेताको आक्रोश, सबै अधिकार केन्द्रिकृत गरेको आरोप


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कार्यशैली प्रति आक्रोश पोखेका छन् । आज (शनिबार) सिन्धुली पुगेका नेता पौडेलले सिन्धुलीमाढीमा नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा सरकार सर्वसत्तावाद भएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रति निक्कै आक्रोशित रुपमा प्रस्तुत भएको नेता पौडेलले प्रधानमन्त्रीले सबै अधिकार केन्द्रिकृत गरेर सर्वसत्तावादी प्रवृत्ती देखाएको छ । नेता पौडेलले कांग्रेसले सरकारको सर्वसत्तावादलाई रोक्ने बताए ।

नेता पौडेलले सरकारको काम पनि सन्तोषजनक नरहेको बताए । एक वर्षको अवधिमा गर्नुपर्ने कुनै पनि काम सरकारले गर्न नसकेको भन्दै उनले देशमा शान्ति सुरक्षाको व्यवस्थापन गर्न र सुशासन कायम गर्दै विकासका क्षेत्रमा कुनै काम नभएको बताए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई सरकारले लगाएको प्रतिबन्धको पनि नेता पौडेलले खुलेरै विरोध गरे। सर्पको खुट्टा सर्पले नै देख्ने उदाहरण दिदै उनले विप्पल नेतृत्वको माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु भन्दा ओली प्रचण्डले मिलाएर लैजानु उचित समाधान हुने बताए ।

कांग्रेस जनमतसंग्रहमा जान तयार भएको हो भन्ने पत्रकारहरुको जिज्ञासामा नेता पौडेलले का्रग्रेस जनमत संग्रहमा नजाने स्पष्ट पारे । कसैले जनमत संग्रहको कुरा गरे त्यो व्यक्तिगत विचार हुने पौडेलको भनाई छ ।

कांग्रेस सिन्धुलीले मरिण गाँउपालिका ६ कपिलाकोटमा आयोजना गरेको आमसभामा सहभागी हुन पौडेल सिन्धुलीमाढी पुगेका हुन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  १० : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम