नेकपा नेता रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाबीच जुहारी ! | Khabarhub Khabarhub

नेकपा नेता रावल र प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाबीच जुहारी !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र नेकपा नेता भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। उनीहरुबीच देखिएको मनमुटाव सामाजिक सञ्जालमा छताछुल्ल भएको हो ।

नेकपा स्थायी कमिटी बैठकमा नेता भीम रावलले विशेष समय लिएर आसन्न राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग गठबन्धन गरिएको भन्दै आपत्ति जनाएका थिए । उनले बैठकमा कवितामार्फत व्यंग्य समेत गरेका थिए ।

यही विषयलाई लिएर आइतबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी सदस्य भीम रावललाई ‘हरेक विषयमा प्रवक्ता नबन्‍न’ उपदेश शैलीमा ट्वीट गरेका थिए।

थापाले लेखेको १२ घण्टा नबित्दै रावलले उनको ट्वीटको सामाजिक सञ्जालबाटै प्रतिवाद गरेका छन् । उनले प्रेस सल्लाहकार थापालाई उपदेश दिने धृष्टता नगर्न सुझाव दिँदै सामाजिक सञ्जालबाटै चेतावनीयुक्त जवाफ दिएका छन्।

बालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि थापाले पार्टी अध्यक्ष भएझैं गरी आदेश/निर्देश दिने गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरेका छन्।

थापालाई जवाफ फर्काउँदै सोमबार दिउँसो रावलले सामाजिक सञ्जालमा कडा पोष्ट गरेपछि पार्टी वृत्तमा समेत यस विषयले चर्चा पाएको छ ।

रावलले भनेका छन् ‘म सुदूरपश्चिम प्रदेशको मात्र इञ्चार्ज भएको र राष्ट्रिय महत्वका विषयमा बोल्न नपाउने वा बोल्न नहुने हैसियतको व्यक्ति भएको भन्ने सूर्य थापाजी भ्रममा हुनुहुन्छ भने त्यस्तो भ्रमबाट मुक्त हुनु स्वास्थ्यको लागि लाभप्रद होला।’

रावलले लेखेका पोस्ट जस्ताको तस्तै

सूर्य थापाजीको ट्वीटबारे भीम रावल के भन्नु हुन्छरु अछाममा एउटा प्रसिद्ध उखान छ, ‘ताल खुसेको थापाउदिन पटुका गड्याउदि’ भन्ने प्रसिद्ध उखान छ। अर्थात् लुगा तल झरिसक्यो, कम्मरमा पटुका कसेर के गर्ने। सूर्य थापाले मलाई सुदूरपश्चिमको इञ्चार्ज भएकोले संचार माध्यममा नबोल्न उपदेश दिनुभएको रहेछ।

आफु प्रचार विभागको उपप्रमुख भएकोले अबदेखि अरुले संचार माध्यममा बोल्न नहुने आदेश जारी गर्नुभएको रहेछ। मलाई जिम्मेवारीको उपदेश दिने धृष्टता गर्ने अधिकार सूर्यजीले कहाँबाट पाउनु भयो त भन्नेबारे भने उहाँले खुलाउनु भएन। वालुवाटारमा प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि उहाँले पार्टी अध्यक्ष भएझैं गरी आदेश÷निर्देश गर्ने अधिकार र हैसियत प्राप्त भएको भ्रम परेछ क्या रे।

पार्टी विधानले पार्टीका निर्णित विषयहरुबारे प्रवक्ता वा प्रचार विभागका प्रमुख वा उपप्रमुखले मात्र बोल्न पाउने भनी कतै लेखेको छ किरु पार्टी विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा र केन्द्रीय कमिटीको बैठक ६ महिनामा बस्नुपर्ने किटानी व्यवस्थाको किन पालना भएन भनी पार्टीका कुनै नेताले भन्नुभयो भने सूर्य थापाजी ती नेताको मुखमा पनि पट्टी बाँध्न जमजामाउनु हुने हो किरु म सुदूरपश्चिम प्रदेशको मात्र इञ्चार्ज भएको र राष्ट्रिय महत्वका विषयमा बोल्न नपाउने वा बोल्न नहुने हैसियतको व्यक्ति भएको भन्ने सूर्य थापाजी भ्रममा हुनुहुन्छ भने त्यस्तो भ्रमबाट मुक्त हुनु स्वास्थ्यको लागि लाभप्रद होला।

कुनै क्षेत्र वा कमिटीको काममा अरुले हस्तक्षेप गर्ने भन्ने कुरा र पार्टीका निर्णित वा वहसका विषयमा भन्न बोल्न पाउने कुराको भिन्नता सहजै बुझिने कुरा हो। साथै यो व्यवस्था कसैले देश, जनता र पार्टीको बारेमा बोल्न नपाउने, सुगाजस्तो रटेरटाएको कुरा तोकिएको आज्ञाकारीले रामराम भने जस्तो मात्र गर्न पाउने व्यवस्था होइन र नेपाली जनताको बलिदान कुनै निरंकुशताका लागि होइन भन्ने कुरासमेत सबै सचेत नेपालीले जाने बुझेकै विषय हो।’

के लेखेका थिए थापाले ?

‘परिभाषित जिम्मेवारी र कार्यक्षेत्रको प्रश्न। यहाँ यो एउटा दृष्टान्त मात्र प्रस्तुत गरिएको हो।

पार्टीका निर्णयहरू पार्टी प्रवक्तामार्फत सार्वजनिक गरिने वैधानिक र व्यवहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ। कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी ईन्चार्ज रहनुभएको छ। अनि प्रवक्ताको काममा यो के को अभ्यास होरु कार्यविभाजनमा जिम्मेवारी प्राप्त व्यक्तिहरू हरेकले आआफ्नो परिभाषित काम र जिम्माको हेक्का राख्नुपर्दछ किरु जबकि सुदूरपश्चिम प्रदेशमा अरूले यस्तै गर्दा कमरेडलाई कति सैह्य हुन्छ ?

यो तरिका त उचित हुँदै भएन। कुन काम कसको जिम्माको होरु ख्याल गरिदिने कसले हो तरु अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ।

पार्टी प्रवक्ता कमरेड नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमुख र मलाई उपप्रमुखको जिम्मेवारी प्रदान गरेको कार्यविभाजन अन्तर पार्टी निर्देशन–२ मार्फत पार्टीव्यापी जानकारी गराइसकेको स्पष्ट छ। स्थायी कमिटीको बैठकका विगत ७ दिनहरूमा धेरै कमरेडहरू आआफैँ प्रवक्ताजस्तो गरी टेलिभिजन क्यामेरासामु प्रस्तुत हुन यसरी किन उछिनपाछिन गर्नुभएको होला ? ताज्जुब लाग्छ’ ।

स्थायी कमिटी बैठकमा रावलले सुनाएको कविता यस्तो थियो-

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ९ : ३१ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक