बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को 'चिनियाँ गिरोह' पक्राउ | Khabarhub Khabarhub

बाँसबारीको शंकास्पद घरमा प्रहरीको छापा, बैंक ह्याक गर्ने अर्को ‘चिनियाँ गिरोह’ पक्राउ


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौंको महाराजगञ्ज–बाँसबारी क्षेत्रको एउटा घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

बाँसबारीस्थित होटल साम्बला नजिकको एउटा शंकास्पद घरमा खानतलासी गरी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले बाँसबारीको साम्बला होटेल नजिकै रहेको एउटा शंकास्पद घरमा खानतलासी गरेको हो ।

घरबाट कम्तिमा ४ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरु चिनियाँ नागरिकहरु हुन् ।

उनीहरु काठमाडौंका केही बैंकहरु ह्याकिङ गर्ने अर्को योजनामा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत असोज महिनामा मात्रै नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटिरहेको अवस्थामा केही चिनियाँहरुलाई पक्राउ गरेको थियो ।

एटीएम ह्याक गरी रकम लुटपाटमा संलग्न चिनियाँहरु अहिले बैंकिङ कसुर तथा संगठीत अपराधअन्तर्गत मुद्दाको पुर्पक्षका लागि जेलमा छन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ०१ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार