मुखमा ‘पेस्तोल’ कोचेर मारिदिन्छु भन्दै सांसद अभिषेकले कुटे कलाकार « Khabarhub

मुखमा ‘पेस्तोल’ कोचेर मारिदिन्छु भन्दै सांसद अभिषेकले कुटे कलाकार


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – भोजपुरी कलाकार श्यामकुमार मिश्राले नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले आफूमाथि निर्घात कुटपिट गरेको आरोप लगाएका छन् ।

सांसद साहले आफ्नै घरमा बोलाई बन्धक बनाएर कुटपिट गरेको मिश्राले आरोप लगाएका छन् ।

गायक तथा कलाकार मिश्रालाई कपिलवस्तुको कृष्णनगरस्थित आफ्नै घरमा बोलाएर सांसद साहले कुटपिट गरेका हुन् ।

‘राजनीति बढी गर्छस् भन्दै घरमा बोलाएर कुटपिट गरे, उनका ड्राइभरले पनि बन्धक बनाएर मलाई कुट्यो,’ मिश्राले खबरहबसँग भने ।

सांसद साहले मुखमा पेस्तोल राखेर तँलाई मारिदिन्छु भन्दै धम्की दिएको मिश्राको भनाइ छ । नेता साह र उनका चालक शशि कश्यपले बाँधेर कुटेको मिश्राले बताए ।

‘मुखमा पेस्तोल हालेर मारिदिन्छु भन्दै कुटे,’ मिश्राले भने । कुटपिटका कारण मिश्रा घाइते भएका छन् ।

बन्धक बनाइएका मिश्राले कोठाबाट फुत्किएर बाहिर भागेको बताए । मिश्राको बुटवलस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ । मिश्राले टाउकोमा धेरै चोट लागेको र अहिले केही सुधार भएको बताए ।

अञ्चल अस्पतालमा उपचार गराइरहेका मिश्राले कांग्रेस सांसद साहविरुद्ध आइतबार प्रहरीमा उजुरी दिएका छन् ।

कलाकार मिश्रा पछिल्लो समय राजनीतिमा पनि सक्रिय थिए । उनी राजावादी दल राप्रपासँग नजिक थिए । दुई हप्ताअघि पूर्वराजा ज्ञानेन्द्र शाह कपिलवस्तु भ्रमणका क्रममा जाँदा मिश्राले स्वागत गरेका थिए ।

मिश्रालाई कुटपिट गर्ने साह कपिलवस्तु ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । यता मिश्राले गत निर्वाचनमा राप्रपाका तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : १७ बजे

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।